स्वस्तिमाको ‘चपली हाइट ३’ को शुभमुहूर्त

काठमाडौं – फिल्म ‘चपली हाइट ३’को शुभमुहूर्त गरिएको छ । मंगलबार राजधानीको कार्यविनायक मन्दिरमा पूजाआजा गर्दै फिल्मको मुहूर्त गरियो ।

फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका हुन् । यसअघि ‘चपली हाइट’ नामका दुई फिल्म निर्माण भइसकेका छन् । फिल्मको तेस्रो भागमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतिक श्रेष्ठको मुख्य भूमिका रहने निर्माण टिमले जनाएको छ । फिल्मलाई सस्पेन्स थ्रिलर भनिएको छ ।

निकेश खड्काले निर्देशन गर्ने फिल्मको छाया‍ंकन मंसिर ५ गतेदेखि थालिनेछ ।

‘चपली हाइट’ को पहिलो भागले व्यावसायिक सफलता हात पारेको थियो भने दोस्रो फिल्मले खासै राम्रो व्यापार गर्न सकेको थिएन । पहिलो र दोस्रो भागलाई दिपेन्द्र के खनालले निर्देशन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *