नेकपामा कार्यविभाजन: ओलीनै पाँच वर्षलाई प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केपी शर्मा ओली र पुष्पकमल दाहालको कार्यविभाजन गरेको छ । आज बुधबार बसेको सचिवालयको बैठकले अध्यक्षद्वयको कार्यविभाजन गरेको हो ।

कार्यविभाजन अनुसार कार्यकारी अधिकारसहितको अध्यक्ष पुष्पकमल दाहाललाई बनाइएको छ । यसअघि केपी शर्मा ओलीलेनै कार्यकारी अध्यक्ष भूमिका निर्वाह गरेका थिए । तर पनि बैठकको अध्यक्षता संयुक्त गर्ने गरिएको थियो ।

नयाँ कार्यविवभाजन अनुसार अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको रुपमा सरकारको नेतृत्व गर्ने टुंगो लागेको छ । तर, पछिल्लो समय केपी शर्मा ओलीले पार्टी र सरकार दुवैको अधिकार लिँदा सहमति उल्लंघन भएको भन्दै अध्यक्ष दाहाल असन्तुष्ट बन्दै आएका थिए ।

नयाँ कार्यविभाजन अनुसार वरियता भने दुई अध्यक्षको वरियता समान हुनेछ । त्यस्तै, आपसी समझदारीका आधारमा निर्णय लिने पनि निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *