मन्त्रालयमा जंगिए योगेश भट्टराई, ‘काम नगर्ने कार्यालय प्रमुख हटाउँछु, विदेश भ्रमण रोकिदिन्छु ‘

काठमाडौं, ४ मंसिर । नेपाल भ्रमण वर्षलाई सफल बनाउन लागि परेका संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले प्रभावकारी रुपमा काम गर्न नसक्ने कार्यालय प्रमुखरुलाई परिवर्तन गर्ने चेतावनी दिएका छन् । उनले लक्ष्य अनुरुपको काम नभए स्पष्टिकरण सोधिने र त्यसपछि कार्यालय प्रमुख परिवर्तन गर्ने चेतावनी दिएका हुन् ।

बुधवार (आज) नेपाल पर्यटन बोर्डमा बसेको मन्त्रालयको नियमित आन्तरिक बैठकमा सहभागी मन्त्री भट्टराई निकै कडा रुपमा प्रस्तुत भएका थिए । उनले लक्ष्य अनुरुप काम गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन समेत दिएका छन् । साथै मन्त्री भट्टराईले राजनीतिक नियुक्ति लिएर बसेका कर्मचारीहरुलाई तत्काल खाली गर्न समेत निर्देशन दिएका छन् । उनले राजनीतिक नियुक्ति लिएर बसेकाहरुलाई हटाउँदा अदालतमा गएर नरुन समेत भनेका छन् ।

बैठकमा मन्त्री योगेश भट्टराईले मन्त्रालय मातहतका विभागको कार्य प्रगति विवरण बारेमा जानकारी लिँदा सन्तोषजनक काम नपाएपछि कडा रुपमा प्रस्तुत भएका हुन् । उनले अहिलेको कार्यप्रगति विवरणले झारा टार्ने काम मात्र भएको देखाएको टिप्पणी गरे । बैठकमा मन्त्री भट्टराईले भने, ‘काम भएन भने परिर्वतन गरिनेछ, परिवर्तन हुनेले मन नदुखाउनुहोला ।’

मन्त्री भट्टराईले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने समेत बताएका छन् । आज प्रस्तुत भएको कार्यकप्रगति विवरण प्रति चित्त बुझाएनन् । यो झारा टार्ने काम भएको भन्दै उनले आगामी मंसिर ११ १२ गते बस्ने बैठकमा पुन प्रस्तुत गर्न निर्देशन दिएका छन् । त्यस बेलामा पनि चित्त बुझ्दो काम भएको नदेखिए कार्यालय प्रमुख परिवर्तन गर्ने चेतावनी दिए । उनले काम नगर्ने र विवादित कर्मचारीलाई विदेश भ्रमणमा समेत रोक लगाउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *