भारतले सिमा मिचिराखेको बेला नेपालको झन्डै नराखि राजनीतिक भेटघाट गर्दै मन्त्री यादव

काठमाडौं । नेपालमा अहिले मन्त्री हेरफेरको विषयले चर्चा पाइरहेको छ । यो सँगै सीमा विवाद पनि लामो समय देखि चल्दै आएका विषय हुन्। लामो समय देखि सरकारमा बसेर संविधान संसोधनको माग गर्दै आएको समाजवादी पार्टी नेपाललाई सरकार छोड्न दबाब आइरहेको छ । अहिलेको सरकारमा उपप्रधानमन्त्री स्वास्थ्यमन्त्री रहेको उपेन्द्र यादवले भाजपाका नेता भेटेका छन् । समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका यादवले भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका महासचिव राम माधवलाई भेटेका हुन्।

दुई नेताबीच बुधबार बिहान नयाँदिल्लीमा भेटघाट भएको राममाधवले ट्वीटरमार्फत जानकारी दिएका छन् । उनीहरूबीच के–के कुराकानी भयो भन्ने जनाइएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका यादव दुई दिनअघि भारत गएका थिए । यादव औषधी उत्पादनसम्बन्धी कार्यक्रममा सहभागी भएका हुन् । उपप्रधानमन्त्री यादवका सहयोगी महेश चौरासियाले मन्त्री यादव शुक्रबार नेपाल फर्कने बताए।

भेटका क्रममा नेपालको झण्डा भने देखाइएको छैन । सीमा विवाद चलिरहेको समयमा देशको उपप्रधानमन्त्रीजस्तो व्यक्तिले देखाएको यो व्यवहारले फरक सन्देश दिएको छ । वास्तवमा त्यहाँ दुई देशको झण्डा हुनुपर्ने हो तर त्यसो नभएर दुई वटा झण्डा नै भारतको मात्रै देखिएको छ। कुटनीतिक रुपमा यसलाई राम्रो मान्न सकिदैन । यदी त्यहाँ झण्डा नै नभएको भए फरक कुरा तर भारतको झण्डा हुँदा नेपालको किन नराखेको भन्ने गम्भीर प्रशन हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *