उपेन्द्र दिल्लीमा रहँदा नेपालमा फुत्कियो स्वास्थ्य मन्त्रालय, सरकार छोड्ने तयारी !

काठमाडौं– भारत भ्रमणमा रहेका बेला दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले सत्ता साझेदार दल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवको मन्त्रालय परिवर्तन गरिदिएका छन् ।

यादव भारतको राजधानी नयाँदिल्लीमा छन् । दिल्लीमा रहेका बेला यता ओलीले बुधबार साँझ यादवको मन्त्रालय खोसेर आफ्नै पार्टीका भानुभक्त ढकाललाई दिएका छन् ।

ढकालले सम्हाल्दै आएको कानून न्याय तथा संसदीय मामिला मन्त्रालय यादवलाई ओलीले दिएका छन् । ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेसँगै यादवको दल समाजवादी पार्टीले सरकार छाड्ने तयारी गरेको छ । आफूहरुसँग कुनै छलफल नगरी ओलीले मन्त्रिमण्डल हेरफेर गरेको भन्दै सो पार्टी रुष्ट बनेको छ । समाजवादी पार्टीका एक नेताले आफ्नो पार्टीसँग कुनै छलफल नगरी ओलीले मनपरी ढंगले मन्त्रिमण्डल पुनर्गठन गरेको भन्दै आपत्ति जनाए ।

ओलीले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको भूमिकामा रहेका उपेन्द्र यादवलाई कानुनमन्त्रीको जिम्मेवारी दिएका छन् । उनको उपप्रधानमन्त्रीको जिम्मेवारी भने यथावत छ । यस्तै स्वास्थ्य राज्यमन्त्रीको भूमिकामा रहेका सुरेन्द्र चौधरीलाई हटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *