अब टुटल र पठाओले यात्री बोक्न नपाउने, बोकेको भेटिए कडा कारवाही हुने !

काठमाडौँ — सरकारले मोटरसाइकलमार्फत सेवा दिँदै आएका ‘टुटल’ र ‘पठाओ’ लाई यात्रु ओसार्न रोक लगाएको छ । २७ वर्षअघि जारी यातायात व्यवस्था ऐन–२०४९ मा भएको व्यवस्था प्रयोग गरी यात्रु ओसारे कारबाही गर्ने चेतावनी यातायात व्यवस्था विभागले दिएको छ । विभागले मंगलबार टुटल र पठाओको नाम नलिई सार्वजनिक सूचना जारी गरेर राइड सेयरिङ सेवामाथि रोक लगाएको हो ।

निजी प्रयोजनका लागि दर्ता भएका सवारीसाधनलाई सार्वजनिक यातायातका रुपमा प्रयोग गरेको पाइएमा कारबाही गर्ने सूचनामा उल्लेख छ । ‘जुन प्रयोजनका लागि दर्ता भएका छन्, त्यही प्रयोजनका लागि प्रयोग हुनुपर्छ,’ यातायात व्यवस्था विभागका महानिर्देशक गगन हमालले भने, ‘कानुन विपरीत सवारीसाधन चलाउनेलाई कारबाही हुन्छ, कानुन विरुद्ध जाने कसैलाई पनि छुट छैन ।’ कान्तिपुर दैनिकमा खबर छ

निजी सवारी (नम्बर प्लेट) लाई सार्वजनिक सवारीका रूपमा प्रयोग गरेको जनगुनासो बढेपछि उक्त सूचना जारी गरेको उनले बताए । ‘टुटल र पठाओलाई मात्र होइन, कानुन विपरीत सञ्चालनमा आएका जुनसुकै सवारीलाई कारबाही गर्छौं,’ उनले भने, ‘विधि प्रक्रिया त मान्नु पर्‍यो नि ?’ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ (२) मा ‘निजी सवारी यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन र दफा १२ मा कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ति प्रयोग गर्न पाइने छैन भन्ने कानुनी व्यवस्था रहेको छ ।

यो पनि पढ्नुहोस : कास निर्माणमा राजनीतिक गर्नुहुँदैन : मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकास निर्माणमा राजनीति नगर्न सबै राजनीतिक दललाई आग्रह गर्नुभएको छ । चन्द्रागिरि नगरपालिकाको बलम्बु–दहचोक जोड्ने पुलको आज उद्घाटन गर्दै उहाँले विकास निर्माणमा सबै दल हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । “विकास भयो भने जनता आर्थिक वृद्धिदरतर्फ जानेछन्, देशलाई समृद्धितर्फ लान सबैको भूमिका आवश्यक छ”, उहाँले भन्नुभयो ।

मन्त्री महासेठले आफू मन्त्री भएपछि सरकारले दुई आर्थिक वर्षमा दुई हजार किलोमिटर सडक कालोपत्र र २४३ वटा पुल निर्माण गरिसकेको बताउनुभयो । सरकारले रेलमार्ग तथा जलमार्गलाई विशेष प्राथमिकता दिएको उहाँको भनाइ थियो ।

काठमाडौँ क्षेत्र नं ९ का सांसद कृष्णगोपाल श्रेष्ठले विकास र समृद्धिका लागि जनाताको हितका लागि वर्तमान सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले दिगो विकासमा सबैको हातेमालो हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो । चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले दहचोक–बलम्बु जोड्ने पुल बाढीका कारण क्षति पुगेकाले आवतजावतमा निकै समस्या परेको बताउनुभयो । उक्त पुल निमार्णका लागि नगरपालिकाबाट रु १५ लाख आर्थिक सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *