टमाटर महंगो भएपछि एक बेहुलीले लगाइन् टमाटरको माला, टमाटरकै गहना

एजेन्सी । हामीकहाँ बेहुली बन्दा सुनका गरगहना लगाउने चलन छ । सुन महंगो हुन्छ । पाकिस्तानमा भने एकजना बेहुलीले टमाटरको माला र गहना लगाएर भाइरल भएकी छन् ।

टमाटरको भाउ बढेर ३०० रुपैयाँ प्रतिकलो पुगेपछि पाकिस्तान लाहोरकी ती युवतीले व्यंग्य वा प्रतीकात्मक विरोधस्वरुप यसो गरेकी हुन् । दैनिक भान्सामा प्रयोग हुने टमाटर महंगो हुँदै जाँदा उनले सुनको सट्टामा प्रयोग गरिन्, हात, घाँटी, निधार, कानमा गहनाको रुपमा । उनको यो हर्कतका फोटा र भिडियोहरु अहिले समाजिक सञ्जालमा भाइरल भइरहका छन् ।

आफ्नो विवाहमा सिँगारिने क्रममा ती युवतीले टमाटरको झुम्का, शिरबन्दी, हातका बालालगायत गहनाको रुपमा लगाएको भिडियोमा देखिन्छ । पाकिस्तानमा निरन्तर बढिरहेको महंगी र खस्किँदो अर्थव्यवस्थाप्रति व्यंग्य गर्न आफूले यसरी टमाटारको माला र गहना लगाएर ध्यानाकर्षण गराएको उनको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *