नेपाली र भारतीय कम्पनीले ऊर्जामा सहकार्य गर्दै, एचआडिसिएलसँग हुने भयो ज्वाइन्ट भेन्चर

काठमाडौँ – नेपाल र भारतका सरकारी कम्पनीबीचको टाइअपमा नेपालमा जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

भारतको जलविद्युत क्षेत्रमा ठूलो लगानी गरिरहेको नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेसनले नेपालको सरकारी स्वामित्वको जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडिसिएल) सँग साझेदारी सम्झौता गर्ने तयारी थालेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले आयोजना गरेको पावर समिट २०१९ मा भारतीय कम्पनी र नेपाली कम्पनीका बीचमा जोइन्ट भेन्चर सम्झौता गर्ने तयारी गरिएको छ ।

सम्मेलनका क्रममा कम्तिमा ८ वटा सम्झौता गर्ने तयारी गरिएको छ ।

उक्त भारतीय कम्पनीले भारतमा दुई दर्जन भन्दा बढी ऊर्जा परियोजनाबाट सात हजार ७१ मेगावाट विद्युत् उत्पादन गरेको छ ।

४४ वर्ष अघि स्थापना भएको सरकारी स्वामित्वको उक्त कम्पनीले नेपाल सरकारको स्वामित्वमा रहेको एचआइडिसिएलसँग साझेदारी गर्न लागिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *