एउटा सानो देश भुटान कसरी बन्यो संसारकै खुशी र शान्त देश ?

भुटान दक्षिण एसियामा अवस्थित एउटा सानो देश हो। यसको सीमा दक्षिण, पूर्व र पश्चिमतर्फ भारत र उत्तरतर्फ गणतन्त्र चीनको तिब्बतसँग जोडिएको छ। भुटानलाई भारतको सिक्किम राज्यले नेपालसँग छुट्याएको छ। भुटानीहरूले भुटानलाई स्थानीय नाम ड्रुग युल अर्थात ड्रयागनको देश भन्छन्। यो देश मुख्यतः पहाडी छ र दक्षिणी भागमा थोरै समतल भूमि छ। भुटान सांस्कृतिक र धार्मिक रूपमा तिब्बत र नेपालसँग जोडिएको छ। सन् १६४४ मा वर्तमान राजाका पुर्खा शब्ड्रुङ ङगवाङ नामग्यालले भुटानको स्थापना गरेका थिए। भुटानको आधिकारिक भाषा जोङ्खा हो तर यहाँ अरू पनि धेरै भाषाहरू बोलिन्छन्। भुटानमा नेपाली भाषीहरूको पनि बाहुल्यता रहेको छ, त्यसैले यहाँ जोङ्खाका साथै नेपाली भाषा पनि व्यापक रूपमा बोलिन्छ।

१७ औ शताब्दीको अन्तमा भुटानले बौद्ध धर्मलाई अङ्गीकार गर्यो। सन् १८६५ मा ब्रिटेन र भुटान बीच सिनचुलु सन्धिमा हस्ताक्षर भयो, जसमा भुटानले सीमावर्ती केही भूभागको बदलामा केही वार्षिक अनुदानको लागि करार गर्यो। ब्रिटिश प्रभावमै १९०७ मा त्यहाँ राजतन्त्रको स्थापना भयो। तीन बर्ष पछि एउटा अझै समझौता भयो, जस अनुसार ब्रिटिश यस कुरामा राजी भए कि उनी भुटानको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन तर भुटानको विदेश नीति इङ्गल्याण्ड द्वारा तय गरिन्छ। पछि सन् १९४७ उपरान्त यही भूमिका भारतले पायो। दुई साल पछि सन् १९४९ मा भारत भुटान समझौता अनुसार भारतले भुटानको त्यो सबै जमीन उसलाई फर्काई दियो जुन अङ्ग्रेजहरूको अधीन थियो। यस समझौता अनुसार भारतको भुटानको विदेश नीति एवं रक्षा नीतिमा धेरै महत्वपूर्ण भूमिका दिइयो।

विश्वको सबैभन्दा सानो अर्थव्यवस्थाहरूमाझ एक भुटानको आर्थिक ढाँचा मुख्य रूपमा कृषि र वन क्षेत्रहरू र त्यहाँ निर्मित जल बिद्युतलाई भारतको विक्रयमा निर्भर छ। यस्तो मानिन्छ कि यही तीन वस्तुबाट भुटानको सरकारले ७५% कमाई गर्दछ। कृषि जुन यहाँको मानिसहरूको आधार हो त्यसमा ९०% भन्दा बढि मानिसहरू निर्भर छन्। औद्योगिक उत्पादन लगभग नगण्य मात्रामा रहेको छ नाम मात्रको उद्योगहरू कुटीर उद्योगको श्रेणीमा पर्छ। भुटानमा जल बिद्युत र पर्यटनको क्षेत्रमा असीमित सम्भावनाहरू छन्।

भुटानका जनता प्रकृतिलाई भगवान मान्छन् । यहाँका थुप्रै पुस्ताका मानिसहरु अहिले पनि एक साथ एकै घरमा प्रकृति प्रति चिन्ता र चासो राख्दै बस्ने गर्छन् ।’ विश्वका सबै भन्दा बढी प्रदुषित शहर भएको देशमा भारत पनि पर्छ । भारतका सात वटा शहर विश्वका धेरै प्रदुषित शहरमा पर्छन् । विश्वको प्रदुषित शहरको सूचीमा काठमाडौं पनि पर्छ । तर, दक्षिण एसियाली मुलुक भुटान भने यो मामिलामा भने सम्पन्न देखिएको छ ।

विश्वमै प्रदुषण मुक्त देशको रुपमा भुटानले परिचय बनाएको छ । यो उपलब्धीमा सरकारी नीतिको जति योगदान छ त्यति नै भुटानको जनताको पनि । भुटानको प्राकृतिक शौन्दर्यलाई देखेर नै विश्वभरका पर्यटक आकर्षित हुने गरेका छन् ।

bhutan

ग्रोस नेसनल ह्याप्पीनेस सेन्टर भुटानका प्रमुख डा। साँगडू क्षेत्री भन्छन्, ‘भुटानका जनता प्रकृतिलाई भगवान मान्छन् । यहाँका थुप्रै पुस्ताका मानिसहरु अहिले पनि एक साथ एकै घरमा प्रकृति प्रति चिन्ता र चासो राख्दै बस्ने गर्छन् ।’भुटानको जीडीपी भारतकोभन्दा कम छ । यद्यपि यहाँका मानिस प्रसन्न, खुशी, सन्तुष्टका साथ प्रकृतिलाई प्रेम गरेर बस्छन् ।

भुटानको सबैभन्दा ठूलो शक्ति भनेको जंगल हो । ७० प्रतिशत क्षेत्रमा जंगल रहेको भुटानलाई विश्वकै हरियालीले हराभरा देशको रुपमा चिनिन्छ । यसका साथै विश्वमा सबैभन्दा बढी अक्सिजन भएको देशको रुपमा भुटानले परिचय बनाएको छ । पर्वत, नदी, स्वच्छ पानी तथा हरियाली भुटानको विशेषता हो ।

प्लास्टिकको प्रयोगमा भुटानले २० वर्ष अगाडि नै प्रतिबन्ध लगाएको थियो । सन् १९९९ मा यहाँ प्लास्टिकको कुनै पनि सामान प्रयोगमा प्रतिबन्ध लगाइएको थियो । अझै पनि नेपाल र अन्य थुप्रै देशहरुले प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउन सकेको छैन । तर भुटानले प्लास्टिकको नकारात्मक प्रभाव २० वर्ष अगाडि नै बुझेको देखिन्छ ।

भुटानमा धुमपान तथा सुर्तिजन्य पदार्थ सेवनमा पूर्ण प्रतिबन्ध छ । धुमपान विरुद्धको अभियानमा भुटानले गरेको ल८डाइ निक्कै पुरानो समयदेखि भएको पाइन्छ । सन् १७२९ मा धुमपानसम्बन्धी कानून बनाउने पहिलो देश भुटान भएको मानिन्छ । सन् १९९० सम्म आइपुग्दा यहाँ धुमपानविरुद्धको अभियान सशक्त भएको थियो । सन् २००४ मा भने भुटानले देशभर धुमपान सेवनमा पूर्ण प्रतिबन्ध लगाएको थियो । भुटानमा धुमपान सेवन गर्नु कानूनी हिसाबले सिँधै जे८ल स८जाय हुने छ ।

वन, जंगलको हरियालीले भरिएको भुटानले यस कार्यमा उल्लेख्य प्रगति गरेको छ । सन् २०१५ मा सामुदायिक वन दिवसको अवसरमा भुटानमा एक सय युवाको एक समूहले एक घण्टामा ४९ हजार ६ सय ७२ बिरुवा रोपेका थिए । सबैभन्दा बढी वृक्षारोपण गरिएको उक्त कार्यपछि गिनिज बुक अफ वल्र्ड रेकर्डमा यो कीर्तिमान भुटानको नाममा छ । यस पटक पनि पछिल्लो कीर्तिमानलाई तोड्न दश हजार बिरुवा रोपिएका छन् । यस्तै २०१५ मा भुटानका राजा–रानीको पहिलो सन्तान राजकुमार ग्यालसेको जन्मदिनको उत्सव मनाउन हजारौँ मानिसहरुले एक लाख आठ हजार विरुवा रोपेका थिए ।

भुटानले गएको वर्ष विश्व वातावरण दिवसलाई पैदल दिवसको रुपमा मनाउने पहल गरेको थियो । भुटानको यातायात विभाग रोयल भुटान पुलिसको निर्देशनअनुसार देशभरका शहरी क्षेत्रमा यातायात बन्द गरिएको थियो । आपतकालिन सेवाका सवारीसाधन बाहेक अन्यलाई भने उक्त दिन आवतजावतमा प्रतिबन्ध लगाइएको थियो । यसो गर्नुको पछाडि उक्त दिन सबै मानिसहरु आफ्नो कामका लागि पैदल नै हिँडेर जाउँन् भन्ने हो ।

जीवनशैली : भुटानको जनसङ्ख्या करिब ६ लाख ७२ हजार छ। भुटानको लगभग आधा मानिसहरू भुटानको आदीवासी हुन, जसलाई गांलोप भनिन्छ र तिब्बतको केही जातीहरूसँग यीनीहरूको निकटको सम्बन्ध छ। यस वाहेक अन्य जातीहरूमा नेपाली छन् र यिनीहरूको सम्बन्ध नेपालसँग छ। त्यस वाहेक शरछोगपा र ल्होछामपा जातीहरू छन्। यहाँको आधिकारिक भाषा जोङ्खा हो, यीनीहरूको साथसाथै यहाँ थुप्रै अन्य भाषाहरू बोलिन्छ, जसमा केही त बिलिन हुने अबस्थामा छन्।

भुटानमा आधिकारिक धर्म बौद्ध धर्मको महायान शाखा छ, जसको अनुसरण देशको लगभग तीन चौथाई जनताले गर्दछन। भुटानको २५ प्रतिशत जनसङ्ख्या हिन्दू धर्मको अनुयायी छन्। भुटानको हिंदू धर्मी नेपाली मूलका मानिसहरू हुन्, जसलाई ल्होछामपा पनि भनिन्छ। करिव एक लाख ल्होछामपालाई सन् १९८९ मा देशबाट निकालिएको (भुटानी सरकारका अनुसार कतिपय स्वेच्छाले) थियो। पूर्वी नेपालमा एक लाख जनता र भारतमा ३० हजार जति शरणार्थीका रूपमा बसिरहेका छन्। उनिहरूले शरणार्थी सम्बन्धि राष्ट्रसंघीय उच्चायुक्त र नेपाल सरकारबाट केही राहत र सहयोग् पाउछन्। भुटानी शरणार्थीको पुनर्वास कार्यक्रम अर्न्तर्गत हालसम्म ४० हजार शरणार्थी पुनर्वासका लागि विदेश प्रस्थान गरिसकेका छन्। संयुक्त राज्य अमेरिकाले हालसम्म ३४ हजार १२९ शरणार्थीलाई पुनर्वासमा लिइसकेको छ ।

संस्कृति : भुटान विश्वको ती केही देशहरूमा पर्दछ, जसले आफुलाई शेष विश्वबाट अलग राख्दै आईरहेको छ र आज पनि केही हदसम्म यहाँ विदेशीहरूको प्रवेश नियन्त्रित छ। देशको धेरै जसो मानिसहरू साना ग्रामिण क्षेत्रमा बस्छन र उनीहरू कृषिमा निर्भर छन्। बिस्तारै-बिस्तारै शहरीकरणले देशमा गती लिइरहेको छ। बौद्ध विचार यहाँको जीवनको महत्वपूर्ण भाग हो। तीर धनुष खेल यहाँको राष्ट्रिय खेल हो।

अर्थतन्त्र : विश्वको सबैभन्दा सानो अर्थव्यवस्थाहरूमाझ एक भुटानको आर्थिक ढाँचा मुख्य रूपमा कृषि र वन क्षेत्रहरू र त्यहाँ निर्मित जल बिद्युतलाई भारतको विक्रयमा निर्भर छ। यस्तो मानिन्छ कि यही तीन वस्तुबाट भुटानको सरकारले ७५% कमाई गर्दछ। कृषि जुन यहाँको मानिसहरूको आधार हो त्यसमा ९०% भन्दा बढि मानिसहरू निर्भर छन्। औद्योगिक उत्पादन लगभग नगण्य मात्रामा रहेको छ नाम मात्रको उद्योगहरू कुटीर उद्योगको श्रेणीमा पर्छ। भुटानमा जल बिद्युत र पर्यटनको क्षेत्रमा असीमित सम्भावनाहरू छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *