केपी ओलीले पैसा खाएर मन्त्री बनाएको भनेपछि जंगिए गोकुल बास्कोटा

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि मन्त्री बनाउँदा पैसा खाएको आरोप लागेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ अध्यक्ष प्रभू शाहले मन्त्री बनाउँदा लेनदेन भएको गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेखेका छन् ।

उद्योगधन्दा चलाइरहेका मोतीलाल दुगडलाई समानुपातिक सांसद बनाउँदै नै तत्कालीन एमालेभित्र विवाद भएको थियो । हाल प्रधानमन्त्री ओलीले उनलाई उद्योग मन्त्री नै बनाएका छन् ।

पैसा भएका र नेतालाई पैसा बुझाउन सक्ने दुगड जस्ता व्यक्तिलाई मन्त्री बनाएर पार्टीमा लामो योगदान गरेकालाई बिर्सिएको भन्दै नेकपाभित्रै विवाद चर्किएको छ । पार्टीमा पैसा खाएर मन्त्री बनाएको आरोप लागिरहेका बेला सरकारका प्रवक्ता तथा ओली निकट मन्त्री गोकुल बास्कोटा जंगिएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पैसाको चलखेल गरेर मन्त्री बनाएको कुरामा कुनै दम नभएको दावी गरेका छन् । मन्त्रालयमा बिहीवार गरिएको नियमित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले पैसाको चलखेल गरेर मन्त्री बन्ने वा नबन्ने कसले आरोप लगायो थाहा नभएको बताएका छन् ।

राजनीतिक निष्ठा, संघर्ष र निरन्तरको सेवाबाट मन्त्री बन्ने बताउँदै पैसा खाएको आरोपमा कुनै दम पनि नभएको बताए । तर मोतीलाल दुगड एकाएक सांसद हुँदै मन्त्री बनेका छन् ।

‘मनोवादिता नगरेर पत्रकारिकता गर्नुस् । सत्तापक्षको नेता भनेपछि पुष्टि गर्नुपर्‍यो । तपाईं पुष्टि गर्न सक्नुहुन्छ,’ उनले भने । सरकारको पुनर्गठन स्वाभाविक कुरा भएको र पहिलोपटक गरिएको पुनर्गठन नभएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *