काठमाडौंमा ऊर्जा सम्मेलन २०१९ सुरू, तीन देशका मन्त्रीसहित ७५० ऊर्जाविद सहभागी हुने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) को आयोजनामा बिहीबारदेखि काठमाडौंमा उर्जा सम्मेलन ‘पावर समिट २०१९’ सुरू भएको छ। आजबाट सुरु भएको दुई दिने ऊर्जा सम्मेलनमा तीन देशका मन्त्रीसहित ७५० ऊर्जाविद् तथा सरकारोवालाको उपस्थिति रहने छ ।

कार्यक्रमलाई उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले क्षेत्रीय विकासका लागि ऊर्जाको आवश्यकता रहेको बताए । उनले आर्थिक विकासका लागि अहिले अनुकुल समय भएको र लगानीको सुरक्षण गर्न सरकार प्रतिबद्ध रहेको भन्दै बिदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरे । कार्यक्रममा नेपाल पावर एक्सचेन्ज लिमिटेड र इन्डियन इनर्जी एक्सचेन्जबीच उर्जा ब्यापार सम्झौता गरिएको छ।

कार्यक्रममा बंगलादेशका ऊर्जामन्त्री नास्रुल हामिदले आफ्नो देशलाई उर्जा अभाव भएको र नेपालसँग पहिलेनै ५०० मेगावटको विद्युत लैजान सम्झौता गरिसकेको बताउँदै क्षेत्रीय व्यापार सहजीकरण र प्रशारण लाइन निर्माणमा ध्यान दिनुपर्ने बताए। त्यस्तै भुटानका अर्थ मामिला मन्त्री लोकराज शर्माले भुटान नेपाल लगायतका देशले उत्पादनमा ध्यान दिनु पर्ने बताए भने नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीले नेपालको ऊर्जा क्षेत्रमा लगानी र व्यापार सहजीकरणमा सहयोग गरेको बताए।

त्यस्तै इपान उपाध्यक्ष शैलेन्द्र गुरागाइँले नेपालले उर्जामा पछिल्लो समय फड्को मार्न सफल भएर छोटो अवधिमा १८ घण्टाको लोडिसेडिङको अवस्थालाई पार गरेको र अबका दिनमा व्यापार सहजीहरणलाई प्राथमकितामा जोड दिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *