पहिलो ओभरमा सन्दीप महँगो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम कर्नाटका टुसकेर्सले युएईमा जारी टी-१० क्रिकेट लिगमा अहिले क्वालान्दर्सविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

युएईको आबु धाबीमा क्वालान्दर्सले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । सन्दीपको टिम कर्नाटकाले बलिङ गरिरहेको छ ।

क्वालान्दर्सविरुद्ध प्लेईङ सेटमा परेका सन्दीपले पहिलो ओभरमा उच्च प्रदर्शन गर्न सकेनन् । पहिलो ओभरमा सन्दीपले २२ रन खर्चिए । तर, विकेट लिन सकेनन् ।

क्वालान्दर्सविरुद्ध मैदान उत्रदा कर्नाटका जित निकाल्दै सुपर लिगको शीर्ष चारमा उक्लन चाहन्छ ।

सुपर लिगमा कर्नाटका ४ खेलमा ३ अंक जोडेर समूहको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

यस्तै क्वालान्दर्स पनि ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ । क्वालान्दर्स पनि जित निकाल्दै शीर्ष चारमा पुग्न चाहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *