सार्वजनिक यातायातमा अनिवार्य डस्टबिन

काठमाडौं : अब सार्वजनिक यातायातमा अनिवार्य डस्टबिन राख्नुपर्ने भएको छ । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौं उपत्यकामा चल्ने यात्रुबाहक सवारी साधनको फोहोर व्यवस्थापन गर्न सवारी साधनभित्र अनिवार्य डस्टबिन राख्नुपर्ने बताएको छ ।

सवारी साधनको नियमित सरसफाइ तथा मर्मत गरी यात्रु बस्ने सिट सफा गर्नुपर्ने मन्त्रालायबाट जारी सूचनामा उल्लेख छ । चालक, सहचालकले यात्रुलाई शिष्ट र सभ्य व्यवहार गर्नुपर्ने छ।

यात्राअवधिमा गाडीबाहिर फोहोर फाल्न नपाइने, भित्रैको डस्टबिन प्रयोग गर्नुपर्ने र नियम उल्लंघन गर्नेलाई कानूनबमोजिम कारवाही हुने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *