प्रतिभा माली: ‘भलिबल नखेलेको दिन नै अधुरो’

पाँच वर्षअघि प्रतिभा मालीले नेपाली राष्ट्रिय टोलीमा प्रवेश पाइन्। त्यति बेला उनी १३ वर्षकी थिइन्। बाङ्ग्लादेशमा सम्पन्न अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपालले जित्दा उनी सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। अहिले स्नातक तहमा अध्ययनरत यी किशोरी खेलाडी भलिबल खेल्न नपाउँदा दिन नै अधुरो भए जस्तो लाग्ने बताउँछिन्।

दक्षिण एशियाली खेलकुदमा ‘गल्फमा पदक पक्का’मंसिर १६ देखि २० गतेसम्म काठमाण्डूमा हुने गल्फमा नेपालले पदक जित्ने पक्का भएको प्रतियोगी तथा प्रशिक्षकले बताएका छन्। नेपालबाट उक्त खेलमा पाँच पुरुष र तीन महिला खेलाडीले भाग लिने बताइएको छ।

अभ्यास गरिरहेका खेलाडीहरू पदक जित्न बलियो स्थितिमा रहेको एकजना प्रशिक्षक दिपक थापा मगरले बताए। सार्क राष्ट्रका तीनहजार भन्दा बढि खेलाडीहरु प्रतियोगिताका लागि काठमाण्डूमा भेला हुँदैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *