‘साग’ क्रिकेटमा नेपालको पहिलो खेल श्रीलंकासँग

काठमाडौं – दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ। राष्ट्रिय खेलकुद परिषद्ले जारी गरेको खेल तालिकाअनुसार त्रिवि क्रिकेट मैदानमा नेपालले पहिलो खेल श्रीलंकाको यू-२३ टोलीसँग मंसिर १७ गते अर्थात डिसेम्बर ३ तारिखमा खेल्नेछ।

यस्तै डिसेम्बर ५ मा भुटान, ६ मा माल्दिभ्स र ७ तारिखमा बंगलादेशसँग खेल्नेछ। सागको पुरुष क्रिकेटमा पाकिस्तान र भारतबाहेक बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स र नेपालको सहभागिता रहको छ।

टेस्ट राष्ट्र बंगलादेश र श्रीलंकाको यू-२३ टिम र बाँकी देशको राष्ट्रिय टोलीबीच प्रतिस्पर्धा हुनेछ। राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको समूहको शीर्ष दुईमा रहने टोलीहरू फाइनल खेल्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *