प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशन पाएपछि आईजिपी खनाल झन् क’ठोर

काठमाडौं। नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल कम बोल्ने स्वभावका छन् । प्रहरीभित्र उनी कम बोल्ने मात्र नभई सायदै हाँस्ने कमाण्डरका रुपमा चिनिन्छन् ।खनाल क’ठोर स्वभावका आइजीपीका रुपमा परिचित छन् । उनले आपराधिक कार्य गर्ने र हिंसात्मक कार्य गर्नेवि’रुद्ध क’डा नीति लिए । उनको कार्यकालमा भएका कतिपय इन्का’उन्ट’रले वि वादमा पनि ल्यायो । त्यसको जवाफ दिने क्रममा उनले उक्त व्यक्तिको इतिहास पल्टाउन भन्दै संसदमा जवाफ दिए ।

खनाल आइजीपी नहुँदै आ’परा’धिक क्रियाकलापमा संलग्नमाथि कठोर बनेको इतिहास छ । तराई देखि काठमाडौंसम्म ज’घन्य अपराधमा संलग्नमाथि इन्काउन्टरहरु भए । प्रहरी भनेपछि अप’रा’धीको मुटु का’प्नुपर्ने बताउने गरेका उनको कार्यशैली त्यस्तै छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा ठगी गर्नेमाथि का’रबाही चलाएर उनले विगतमा नाम कमाएका थिए।

पेट्रोल पम्पहरुमा कम तेल बेचेर ठगी गर्ने र मिसावट गर्नेमाथि खनालले छानविन बढाएर प’क्राऊ समेत गरे । ठ’गीमा संलग्न पेट्रोल पम्प संचालकलाई का’रबाहीको दायरामा ल्याए ।

खनालले म्याच फिक्सिङमा संलग्न फुटबल खेलाडीहरुलाई प’क्राउ गरे । देशको प्रतिष्ठामा आँच पुर्याउनेहरुको मिलेमतो खोतलेर फुटबल खेललाई नयाँ ऊर्जा दिलाए ।

खनालले आ’परा’धिक कार्य गर्नेलाई भीआइपी समेत भनेनन् । पहुँच र प्रभावका आधारमा कसैलाई छाडेनन् । उनको कार्यकालमा गृहमन्त्रीकै भाई संगठित अपराधीसँग साँठगाँठ गरेकोमा प’क्राउ परे । प्रहरीभित्र बसेर व्यक्तिगत लाभका लागि संगठित अपराधका गिरोहसँग साँठगाँठ गर्ने अधिकृतहरुमाथि का’रबाही चलाए ।

पछिल्लो समय आइजीपी खनाल मेडिकल माफियाको सञ्जाल तोड्न सक्रिय भएका छन् । बढी शुल्क लिएर ठगी गर्ने मेडिकल कलेज संचालकहरुमाथि कारबाही चलाउने तयारी गरिसकेका छन् । यसका लागि उनले गृहमन्त्री बादलबाट मात्र नभई प्रधानमन्त्री केपी शर्मा ओलीबाट समेत निर्देशन पाइसकेका छन् । ओलीले खनाललाई बालुवाटारमा बोलाएर कुनै राजनीतिक दल विशेष या पद विशेषको भनेर आपराधिक गतिविधि गर्नेलाई छुट नदिने निर्देशन दिइसकेको बुझिएको छ ।

प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशन पाएपछि खनाल झन् कठोर रुपमा प्रस्तुत हुने भएका छन् । उनले मंगलबार मध्यराति सकिएलगत्तै मेडिकल कलेज संचालकहरुलाई प’क्राऊ गर्ने तयारी गरिसकेका छन् । उनीहरुलाई बढी शुल्क फिर्ता गर्न दिएको अल्टिमेटम मध्यराति सकिनेछ । त्यसपछि खनाल कठोर रुपमा प्रस्तुत हुने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *