गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एयरलाइन्सलाई बम्पर छुट दिने प्रस्ताव

निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गर्ने एयरलाइन्सहरुलाई छुट तथा सुविधाको प्याकेज दिने सरकारले तयारी गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आकर्षित गर्नका लागि एयरलाइन्सहरुलाई विभिन्न शिर्षकमा छुट दिने प्रस्ताव गरेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार यो विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनुमति दिएपछि निर्णय हुने छ। प्राधिकरणले विमानस्थलमा उडान सुरु गर्ने एयरलाइन्सहरुलाई ल्यान्डिङ, पार्किङ, नेभिगेसन तथा अन्य शुल्कमा १ वर्षसम्म शतप्रतिशत छुट तथा अर्को वर्ष ५० प्रतिशत छुट दिने प्रस्ताव गरेको छ।

सरकारले तोकेको निश्चित समयभित्र अनुमतिका लागि प्रस्ताव गरेपछि एयरलाइन्सहरुले यो सुविधा पाउने छन्। त्यस्तै एयरलाइन्सहरुले आफै ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्न पाउने छन् भने ह्यांगर बनाउने जग्गाको भाडा पाँच वर्षलाई छुट पाउने छन्। त्यस्तै फ्लाइट क्याटरिङ गर्न चाहेमा विमानस्थलले जग्गा उपलब्ध गराउने छ।

एयरलाइन्स आफैले होटल सञ्चालन गर्न चाहेमा पनि जग्गा विमानस्थलले दिने प्रस्ताव गरेको छ भने मर्मतसम्भर केन्द्र चलाउनका लागि पाँच वर्षसम्म जग्गाको भाडामा छुट पाउने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *