यी नासुले जागिरकै भरमा कमाए १९ करोड

काठमाडौं। चार करोडको घर, ९० लाखको जग्गा, २७ लाखको गाडी, ७१ लाख व्यवसायमा लगानी, ४३ लाख सापटी दिएको, परिवारबाहेकका अन्य व्यक्तिका नाममा झन्डै ५ करोड २८ लाखको घर, ४० लाखको गाडी, झन्डै ३ करोड बैंक मौज्दात आदि।

यी कुनै ठूलो व्यापारी वा धनाढ्यको सम्पत्ति विवरण होला भनेर स्वाभाविक अनुमान लगाउन सकिन्छ। तर, यो एकजना नायब सुब्बा(नासु)को सम्पत्ति हो। त्यो पनि सरकारी सेवामा प्रवेश गरेदेखि आर्जेको सम्पत्ति।

औसत बेतन रहेको साधारण निजामती कर्मचारीलाई घरखर्च व्यवस्थापन गर्न पनि मुस्किल पर्छ। तर एक जना नासुले करिब तीन दशकको सेवा अवधिमा १९ करोड रुपैयाँ सम्पत्ति जोडे। यो खबर आजको नयाँ पत्रिकामा सुवास भट्टले लेखेका छन्।

आम मानिसलाई आश्चर्य नै लाग्नेगरी मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय सिमराका नासु मदनप्रसाद गुप्ताविरुद्ध झन्डै १५ करोड रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *