माइकल ज्याक्सनको रेकर्ड तोड्नी यी गायिका, बनाइन् नयाँ रेकर्ड

अमेरिकन म्युजिक अवार्ड (एएमए) मा गायिका टेलर स्विफ्टले सबैभन्दा बढी एएमए जित्ने नयाँ रेकर्ड कायम गरेकी छन् । आइवार भएको अवार्ड समारोहमा स्विफ्टले विभिन्न६ विषयमा अर्वाड हात पारिन् । यो अवार्डसँगै डेढ दशकको करियरमा २९ वर्षिया स्विफ्टले २९ एएमए जितेर नयाँ रेकर्ड कायम गरेकी हुन् ।

जबकि यसअघि सबैभन्दा बढी एएमए अवार्ड जित्ने रेकर्ड दिवंगत गायक माइकल ज्याक्सनको नाममा थियो । उनले २४ एएमए अवार्ड जितेका थिए । अन्नपूर्ण पोस्टमा खबर छ ।

अन्य समाचार

‘गल्ली ब्वाई’ ओस्कार अवार्डको लागि छनौट, निर्देशक पार्थिबनको असन्तुष्टि : यो हलिउड फिल्म ‘८ मिल’को कपी हो भन्ने पढेको थिएँ

बलिउड फिल्म ‘गल्ली ब्वाई’लाई ९२ औं ओस्कार अवार्डको लागि बेस्ट इन्टरनेशनल फिचर फिल्मको क्याटेगोरीमा भारतबाट अफिसयल रुपमा छनौट गरिएको छ।

गतवर्ष भ्यालेनटाइन डे को छेकोमा रिलिज भएको यस फिल्म भारतीय बक्स अफिसमा हिट भएको थियो। फिल्ममा अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्टको अभिनय रहेको छ। २७ फिल्ममध्ये फेडरेसन आफ इन्डिया (एफएफआई)ले ‘गल्ली ब्वाई’लाई ओस्कारमा पठाएको हो।

२ पटक नेशनल अवार्ड पाइसकेका निर्देशक, निर्माता, लेखक तथा साउथ अभिनेता पार्थिबन भने ओस्कार नोमिनेसनमा ‘गल्ली ब्वाई’लाई छनौट गर्दा असन्तुष्ट भएका छन्।

निर्देशक पार्थिबनले पनि भारतबाट ओस्कार नोमिनेसनको लागि आफ्नो फिल्म ‘ओठ सेरुप्पु साइज ७’ पठाएका थिए। तर आफ्नो फिल्म छनोट नहुँदा उनी असन्तुष्ट भएको भारतीय मिडियामा चर्चा छ।

उनी भन्छन्, ‘म आफ्नो फिल्म छनौटमा परेन भनेर असन्तुष्ट भएको होइन। मैले गल्ली व्बाई हेरेको पनि छैन। फिल्म राम्रो होला तर मैले गल्ली व्बाई हलिउड फिल्म ‘८ मिल’को कपी हो भन्ने समाचार पढेको थिएँ। फडरेसनले राम्रो फिल्म र राम्रो कहानीलाई प्रोत्साहन गर्नुपर्छ। यदि भारतबाट ओर्जिनल फिल्म गयो भने ओस्कर जित्न सक्छ। तर हलिउडबाट कपी गरिएको फिल्मलाई ओस्कारको लागि छनौट गर्यो।’

‘ओठ सेरुप्पु साइज ७’मा केहि कलाकारको आवाज सुनिएपनि पार्थिबनको एकल प्रस्तुति रहेको छ। फिल्मको कहानी, स्क्रिप्ट, निर्देशन, निर्माण तथा अभिनय पार्थिबन एक्लैले गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *