प्रचण्डवि’रुद्ध वृद्धवृद्धा उत्रिए सडकमा

कास्की। पोखराको चिप्लेढुंगामा बिहीबार अनौठो जुलुस देखियो। जुलुसमा तन्नेरीहरू थिएनन्। हातमा प्ले कार्ड बोकेर वृद्धवृद्धा सडकमा आइपुगे। आधा घन्टा सडकमै मौन बसे। त्यसपछि आ-आफ्नो गन्तव्यतिर लागेका थिए।

वृद्धवृद्धा किन सडकमा आए त ?

उनीहरू सडकमा आउनुमा राजनीति जोडिएको छ। बुधबार सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले चुनावी सभा गरेको थियो। सभालाई सम्बोधन गर्न नेताहरू सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगेका थिए। गत शनिबार पोखरामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘ओलीसँग सल्लाह गरेर भारतले नक्सा छापेको हो’ भन्ने आरोप लगाएका थिए।

त्यसको चार दिनपछि बुधबार चुनावी सभामा प्रचण्डले देउवालाई उत्तर दिए। आक्रमक भाषण गरेका प्रचण्डले अन्तिममा कांग्रेस उम्मेदवारको उमेरबारे प्रश्न उठाएका थिए। मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कांग्रेसले कास्की-२ मा खेमराज पौडेललाई उम्मेदवार बनाएको छ। पौडेलको उमेर ७५ वर्ष हो। प्रचण्डले देवघाटतिर ध्यान र ज्ञानमा जानुपर्ने मान्छेलाई कांग्रेसले उम्मेदवारमा अघि सारेको भन्दै आलोचना गरेका थिए।

यो पनि समाचार…

सप्तरीमा केटापक्षले दाइजो नमागेपछि बेहुलीले गाउँका गरिब, दलितलाई साडी, धोतीलगायत कपडा बाँडेकी छिन्। सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका ४ मधवापुरकी अभिलाषा झा र सप्तरीकै बलान बिहुल गाउँपालिका ४ का अमितकुमार झाको बिहीबार सम्पन्न विवाहमा केटीपक्षले मुस्लिम टोल, मुसहर टोलका ४२५ जनालाई साडी, धोती र भेस्ट वितरण गरेका हुन् ।

नम्बरी खेत, मोटरसाइकल, लैनौ भैसी, नगद रुपैयाँ दाइजोमा नदिए विवाह नै नहुने तराई मधेसमा बेहुला पक्षले दाइजो नमागेकाले बेहुलीका बुवा शैलेन्द्रचन्द्र झाले दाइजोमा दिनुपर्ने रकम गरिब, दलितका लागि खर्च गरेको बताए ।

पछिल्लो समय दाइजो लिनुदिनु सामाजिक कुरीति मानिदै आएपनि दाइजोको रकम लेनदेन गरेर मात्र तराईमा विवाह गरिन्छ । तराईका अधिकांश स्थानमा दाइजोको डरलाग्दो रुप छ। दाइजो नल्याएको निहुँमा बुहारीलाई कुटपिट गर्ने, जलाउने मात्र नभइ मार्नेसम्मका घटना भएका छन् ।

दाइजोमा भनेजति रकम नपुग्दा कतिले विवाहसमेत तोडेर हिँडेका थुप्रै उदाहरण छन् । यस्तोमा आफ्नै गाउँठाउँमा उदाहरणीय विवाह भएकोमा गौरव महसुस भएको विवाहको निम्तो मान्न पुगेका संविधान सभाका पूर्व सदस्य अशोक मण्डलले बताए ।

केटापक्षले दाइजो प्रथाको विरोधी रहेकाले दाइजो नमागेको बताए।अमितले आफ्नी हुनेवाला श्रीमति इञ्जिनियर र रोजगारी पनि गरिरहेकीले आफूलाई श्रीमतिको सोही शिक्षा दाइजो भएको भन्दै दाइजो नमागेको बताए ।

विवाहअघि बेहुलीले मधवापुरको तीन टोलका एक सय २५ जना महिलालाई साडी, २० जना पुरुषलाई धोती र २७५ जना बालबालिकालाई भेष्ट वितरण गरिन् । दक्षिणासहित आशिर्वाद लिने चलन विपरित बेहुलीका हातबाट नयाँ वस्त्र ग्रहण गर्दै गाउँलेले टाउकोमा हात राखेर आशिर्वाद दिए । बेहुली अभिलाषाले गरिब, दलितलाई साडी, धोती बाँडेर आशीर्वाद माग्दा आफ्नो सपना पुरा भएको विश्वास व्यक्त गरिन् ।

उनले विवाहमा दाइजो दिनुपर्ने रुपैयाँ सामाजिक काममा खर्च गर्न पाउँदा खुशी लागेको बताइन् । काठमाडौं र राजविराजमा घर भएपनि मूलघर मधवापुरबाटै गाउँलेलाई साक्षी राखी विवाह गर्न पाएकोमा उनी खुशी देखिन्थिन् ।

विवाहको अवसरमा ग्रामीण विपन्न परिवारलाई नयाँ कपडा वितरण गरेकोमा जाडो छल्न सजिलो हुने दृष्टिविहिन चन्दन सदाले बताए । अभिलाषा समाजसेवी एवम राजनीतिकर्मी शैलेन्द्रचन्द्र झाकी छोरी हुन्। इन्जिनियर अध्ययन पूरा गरी अभिलाषा नेपाल स्काउटमा कार्यरत छिन्। अमित पनि इन्जिनियर हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *