पहिलो सेट हार्दा नर्भस भयौं – प्रशिक्षक भट्ट

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमका मुख्य प्रशिक्षक जगदीश भट्टले जित्नुपर्ने पहिलो सेट गुमाउदा भारतसँग पराजित हुनु परेको बताएका छन् ।

सागको महिला भलिबल अन्तर्गत बिहिबार दोस्रो खेलमा भारतसँग ३-० को सोझो सेटमा पराजित भएपछि प्रशिक्षक भट्टले पहिलो सेट गुमाउदा खेलाडी नर्भस भएको बताए ।

‘भारतसँग राम्रो गर्ने योजना थियो । पहिलो सेट जित्यौ भने जित्छौं भन्ने थियो,’ प्रशिक्षक भट्टले भने, ‘पहिलो सेट हार्दा नर्भस भयौं । उनीहरु हावी भए ।’

पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेपनि नेपाल भारतसँग २६-२४,२५-१२ र २५-१६ ले स्तब्ध भएको थियो ।

प्रशिक्षक भट्टले भारतसँग सानो गल्तिको कारण हार ब्यहोरेको समेत बताए । उनले भारत उत्कृष्ट टिम रहेको समेत बताए ।

‘सानो मिस्टेकले हामी हार्यौं । हामीलाई धेरै प्रेसर थियो । हाम्रो धेरै जुनियर खेलाडी भए । भारत भन्ने बित्तिकै डरायो,’ प्रशिक्षक भट्टले भने ।

यस्तै प्रशिक्षक भट्टले नेपालले उपाधिका लागि भारतसँगै खेल्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *