निर्मातालाई पनि मारमा पार्नु भएन

फिल्म ‘हिजो आजका कुरा’मा अभिनय गर्दैछु । ‘हिजो आजका कुरा’ एउटा इतिहास र ब्रान्ड हो । ब्रान्डसँग दर्शकको विश्वास पनि जोडिन्छ । ब्रान्डमा विश्वास भएकैले यस फिल्ममा काम गर्न तयार भएकी हुँ । त्यसमा आफूलाई भाग्यमानी मानेकी छु ।

नेपालमा अहिले कमेडी फिल्म चलिरहेका छन् । दर्शकको रुचि त्यसैमा देखिन्छ । मनोरञ्जन क्षेत्रमा दर्शकले के सोच्लान् या नसोच्लान् भन्ने हुँदैन । उनीहरूले जे रुचाउँछन्, त्यहीअनुसार काम गर्ने हो ।

यो सिर्जनशील क्षेत्र हो । त्यसैले सिर्जनशीलताका साथ व्यावसायिक बनाएर यसलाई उद्योगमा परिणत गर्नु हामी सबैको जिम्मेवारी पनि हो । तर, व्यावसायिकता अपनाउँदै गर्दा सिर्जनालाई बिर्सिनुहुँदैन ।

व्यापारका लागि त अरू क्षेत्र पनि छन् । त्यसैले नेपाली चलचित्र उद्योग दीर्घकालसम्म बाँचिरहोस् भन्नका लागि निर्मातालाई पनि मारमा पार्र्नु भएन । सोही कारण हामीले कला र व्यापार दुवै हिसाबमा काम गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *