प्रधानमन्त्री केपी शर्मा ओली अझै ७ दिन अस्पतालमै बस्नुपर्ने

प्रधानमन्त्री केपी शर्मा ओली अझै ७ दिन अस्पतालमै बस्नुपर्ने भएको छ । एपेन्डिसाइटिसको शल्यकृया गराएका प्रधानमन्त्री अझै केही दिन अस्पतालमा बस्नुपर्ने भएको हो । उनी अब भने खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । मृगौलाले काम गर्न छोडेका कारण डायलसिस गराइरहेका गराएका प्रधानमन्त्री ओलीको अचानक एपेन्डिक्स भएपछि मंगलवार शल्यकृया गरिएको थियो ।

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारार्थ प्रधानमन्त्री ओली अझै त्यहीँ सात दिन बस्ने छन् । अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको र उनी खतरामुक्त भएको नजाएको छ । तर अझै एक साता अस्पतालमै बस्नुपर्ने जानकारी दिएको हो ।

प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया गरेका डाक्टर रमेशसिंह भण्डारीले प्रधानमन्त्री ओलीलाई पहिलाकै अवस्थामा फर्किनको लागि अझै दुई साता लाग्ने बताएका छन् । प्रधानमन्त्री ओली भने घर फर्कन निकै हतारिएका छन् । विहिवार देखि नै सामाजिक संजालमा सकृय हुन थालेका प्रधानमन्त्रीले विकासका काममा चासो समेत देखाउन थालेका छन् । उनी विहिवार नै हिडडुल गर्न खोजेका थिए ।

‘’ कसैको समयमै घाउ निको हुने र कसैलाई समस्या पनि हुन सक्ने भएकाले प्रधानमन्त्रीलाई एकसाता अस्पतालमा राखेर हेर्ने उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । चिकित्सकले यही अवस्थामा सुधार हुँदै गयो भने प्रधानमन्त्री अबको दुई सातामा सामान्य अवस्थामा फर्किन सक्ने पनि बताए ।

एपेन्डिक्स फुटेपछि पेटमा संक्रमण फैलिएको बताउँदै डा भण्डारीले हाल संक्रमण हटिसकेको पनि जानकारी गराए । प्रधानमन्त्री ओलीको अहिले पनि आइसीयूमा राखेर उपचार भइरहेको छ । पत्रकार सम्मेलनमा प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंहले मिर्गौला र एपेन्डिसाइटिसको अप्रेशन बाहेक कुनै पनि समस्या नभएको बताइन् । उनले मृगौला प्रत्यारोपणका विषयमा अहिले कुनै निर्णय नभएको समेत जानकारी दिइन् । प्रधानमन्त्री ओलीलाई प्लेटलेस चढाइएको थियो । आन्तरिक रक्तश्राव नहोस भनेर प्लेटलेस चढाइएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

यसैबीच उपचारमा संलग्न विशेषज्ञ चिकित्सकहरुले प्रधानमन्त्रीको एपेन्टिडसाइटिस फुटेको नभई पाकेर फैलिएको जानकारी दिए । उनीहरुले सामान्य बिरामीको तुलनामा अंग प्रत्यारोपण गरिएको बिरामीमा एपेन्डिसाइटिस पाकेर फैलने सम्भावना बढी हुने बताए ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएका कारण डायलसिस गराइरहेका छन् । उनले मृगौला प्रत्यारोपणको तयारी गरिहेकै अवस्थामा एपेन्डिक्स भएको हो । मृगौला प्रत्यारोपणका लागि दुई जना आफन्तको मृगौला परिक्षण समेत गरिसकिएको छ । तर एपेन्डिक्सको शल्यकृया गरिएका कारण तत्काल उनको मृगौला प्रत्यारोपणको काम भने केही ढिला हुने भएको छ । को छ । यस अघि ग्राण्डी अस्पतालमा डायलसिस गराउँदै आएका प्रधानमन्त्रीको अहिले भने मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमै डायलाइसिस गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *