अन्जु पन्तले पहिलोपटक आफ्नै जीवन कथामा गाईन दोहोरी गीत ‘छैन मलाइ डर’

कमल सरगम – नेपाली संगीतको बगैंचामा गायिका अञ्जु पन्तले सयौं सुगन्धित फूलहरु रोपेकी छन् । अहिले पनि सर्वाधिक चर्चित र व्यस्त गायिकामा गनिन्छिन् उनी । व्यक्तिगत जीवन जति उतारचढावयुक्त भए पनि सांगीतिक करिअरमा भने अहिलेसम्म पछाडि फर्केर हेर्नुपरेको छैन ।

एक अनलाइनलाई दिएको अन्तर्वार्तामा केहि समय अगाडी अन्जुले गित सुनेर रुनु भएको छ कि छैन भन्ने प्रश्नको उत्तर दिदै भनेकी थिइन, कति रुन्छु कति । म त आफ्नै गीत सुनेर धेरैचोटी धुरुधुरु रोएकी छु । राजनराज शिवाकोटीले संगीत दिनुभएको ‘जीन्दगी यो फूलै फूलको थुँगा’ बोलको गीत सुनेर म अति नै रोएँ । सुरुमा रेकर्ड गर्दा खासै केहि लागेको थिएन । तर जब घरमा लगेर सुनेँ, मन थाम्नै सकिनँ । तपाईं पत्याउनुहुन्छ, मैले लगातार ४० पटक यो गीत सुनेँ ।

अरु पनि थुप्रै गीतमा रोएकी छु । लीलु गुरुङको शब्द र बीबी अनुरागीको संगीतमा रहेको गीत सोह्रै आना गल्ति मेरो, रामप्रसाद दाहालको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीत खै के होला र औषधि कुँडिएको मनको, उन्नति बोहराको शब्द र शम्भुजीत बाँस्कोटाको संगीतमा रहेको ‘मसँग नहुँदा’ जस्ता गीतहरुले पनि मलाई रुवाएका छन् ।

अफ्नो गित बाहेक अरुका गीतमा पनि उनि रोएको कुरा खुलासा गरेकी छन् । नेपाली फिल्मका पुराना गीतहरु फेरि आयो त्यो कालो रात, सोँचेजस्तो हुन्न जीवन, साउने झरीमा आदि गीतहरु सुनेर रोएकी छु । साउने झरीमा भन्ने गीत त मलाई ‘आगो’ लाग्छ । यसमा त इन्स्ट्रुमेन्ट पनि रोएको पाउँछु ।

अहिले यिनै चर्चित गायिका अन्जु पन्त र बाल कुमार श्रेष्ठको सुमधुर आवाजमा राजु बिरही लामाको अर्को उत्कृष्ट लोकदोहोरी गीत ‘छैन मलाइ डर’बजारमा आएको छ।अन्जु पन्तले थोरै मात्र दोहोरी गीत गाउछिन छानेर दोहोरी गीत गाउने उनि यो पटक फेरी छैन मलाइ डरमा जोडिएकी छिन।

गीतमा लय बाल कुमार श्रेष्ठको रहेको छ भने शब्द निर्मल श्रेष्ठको रहेको छ।चन्द्र सुर्य फिल्म्सले बजारमा ल्याएको उक्त गीतमा अभिनय भने चर्चित मोडल श्रीष्टि खड्का र उमंग श्रेष्ठले गरेका छन।प्रकाश भट्टको निर्देशन रहेको भिडियो छायांकन सागर गौतमको हो भने सम्पादन बिष्णु शर्माको रहेको छ। भिडियो हेरौ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *