झापाका राम लिम्बू द भ्वाइस अफ नेपाल फाइनलमा प्रवेश

काठमाडौं / हिमालयन टेलिभिजनमा प्रशारण हुदै आईरहेको चर्चित रियालिटी सो भ्वाइस अफ नेपाल सिजन–२ मा प्रतियोगी २२ हजार मध्य सुमधुर स्वरका कारण दर्शक र निर्णाएकको मन जित्दै झापाको बिर्तामोडका २३ बर्षिय राम लिम्बुले टप ४ मा स्थान ओगटन सफल भएका छन ।

उनी हाल झापाली राष्ट्रिय कलाकार प्रमोद खरेलको टिम भित्र पनि परेका छन । सफल भएका हुन् । झापाको हल्दिबारीमा जन्मिएका राम हाल बिर्तामोडका स्थायी बासिन्दा हुन् । बिर्तामोडमा बिगत ५ बर्ष देखि सांगीतिक क्षेत्रमा सकृय नेपालिसियन ब्याण्डका भोकलिस्ट समेत रहेका उनी आफ्नो सांगितिक यात्रालाई यहा सम्म आप्नै स्वरको चमात्कार देखाउदै पुगेका हुन ।

ग्लोरी बोडिङ्ग स्कुलमा कक्षा १० सम्मको अध्ययन पश्चात् बाल्मिकी प्रोभिडियन्स कलेजमा अध्ययनरत उनी पूर्वबाट रियालिटी सोहरुमा सफलता पाउन नसकिरहेका अवस्थामा आफुले दर्शकको भरपुर साथ सहयोग पाउनेमा आशाबादी रहेका छन् । भोटिङ्ग आगामी शुक्रबार बेलुका कार्यक्रम शुरु भएसँगै बाट शुरु हुनेछ । कार्यक्रम शुक्रबार र शनिबार बेलुका ८ बजेबाट प्रशारण हुदै आइरहेको छ ।उनलाई चाहानेले भोटिङ्ग गर्ने कोड ०८ टाईप गरि ३७००० नेपालको लागी विदेश बाट भोटिङ्ग गर्नको लागी Prabhupay App डाउनलोड गरेर पनि भोटिङ्ग ब्यवस्था गरिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *