मतदानस्थलमा कम्युनिष्टले बाँडे भातको कुपन, सुरक्षाकर्मी हेरेका हेर्यै !

अर्घखाँची– अर्घाखाँचीको मालारानीको खनदहमा लाइनमा बसेका मतदातालाई भातको कुपन बाँडिएको छ । मतदान प्रभावित बनाउन नेकपाले भातको कुपन बाँडेको हो । आचारसंहिता विपरित मतदानस्थलमै मत माग्दै भातको कुपन बाँडिएको हो ।

लाईनमै बसेका मतदातालाई भातको कुपन बाँड्दा पनि सुरक्षाकर्मी मौन रहेका छन्। आचारसंहिता विपरित काम भएकोमा केहि मतदाताले विरोध जनाएका छन्।

नेकपाका नेताहरू अघिल्लो रातसम्म चामल बाड्ने चुनावको दिन भात बाड्ने भन्दै कांग्रेस तथा अन्य सर्मथकले विरोध गरेका छन्।

३ हजार ३० मतदाता रहेको उक्त वडामा नेकपाका यमलाल खनाल र कांग्रेसका शोभाखर खनालबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । तत्कालीन वडा अध्यक्ष जीवन चौहानको मोटरसाइकल दुर्घटनामा परी निधन भएपछि सोही वडामा अहिले उपनिर्वाचन

Leave a Reply

Your email address will not be published. Required fields are marked *