मतदानको क्रममा कांग्रेस उम्मेदवारले पेस्तोल निकालेपछि बबाल

राँची। भारतमा पनि अहिले विधानसभा चुनाव भइरहेको छ । यहाँको झारखण्ड राज्यमा प्रथम चरणको चुनावको लागि मतदान सुरु भएको छ । यहाँ दिउँसो तीन बजेसम्म मतदान हुनेछ । चुनाव आयोगले प्रथम चरणको चुनाव नक्सली प्रभावित क्षेत्रमा भइरहेकोले मतदानको समय ३ बजेसम्म राखेको छ ।

यहाँ नक्सल प्रभावित ६ जिल्लामा १३ विधानसभा सिटका लागि मतदान भइरहेको छ । यहाँ मतदानका क्रममा छिटफुट हिंसाका घटनाहरु भइरहेका छन् । डाल्टनगंज सिटमा उठेका भारतीय कांग्रेसका उम्मेदवार केएन त्रिपाठीले मतदानस्थलमै पेस्तोल निकालेपछि यहाँ बबाल भएको छ । उनले पेस्तोल देखाएपछि मानिसहरु उग्र भएका छन् । मानिसहरुले त्रिपाठीमाथि ढुंगा हानेका छन् । त्रिपाठीले भने आफूले आत्मरक्षामा पेस्तोल निकालेको दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *