थवाङमा नेकपा विजयी

रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर १ मा शनिबार भएको उपनिर्वाचनबाट सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार जनकबहादुर बुढा विजयी भएका छन्।

१६.४ प्रतिशत मत खसेको थवाङमा १७४ मत ल्याएर नेकपाका बुढा अध्यक्ष निर्वाचित भए। उनले नेपाली कांग्रेसका कमलबहादुर रोका मगरलाई हराएका हुन्। मगरले २६ मत ल्याएको प्रमुख निर्वाचन अधिकृत रमेश ज्ञवालीले जानकारी दिए। उनका अनुसार ९ मत बदर भएको छ।

थवाङमा दुई सय ९ मत खसेको थियो। यहाँ एक हजार दुई सय ७४ जना मतदाता भए पनि मतदानमा उत्साहपूर्ण सहभागिता थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *