पुनर्वास नगरपालिकाकाे वडाध्यक्षमा नेकपाका उम्मेदवार विजयी

कञ्चनपुरको पुनर्वास नगरपालिका-३ मा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार कृष्ण बहादुर तामाङ निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उमेदवार दीप बहादुर तामाङलाई हराउँदै विजयी भएका हुन् ।

वडाध्यक्षमा विजयी नेकपा उमेदवार तामाङले पाँच सय २८ मत ल्याएका छन्भ ने उनका प्रतिस्पर्धी कांग्रेसका उमेदवार तामाङ तीन सय १० मत ल्याएका छन् । यस्तै, समाजवादी पार्टीका उमेदवार भिम तामाङले ७५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका पदम बहादुर शाही ७ मत र गाई चिह्नमा ७ मत खसेकाे छ । निर्वाचनमा ४ मत बदर भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *