संखुवासभा खाँदबारीको मतगणना सुरु

संखुवासभा : संखुवासभाको दुई स्थानीय तहमध्ये खाँदबारी-३ को मतगणना सुरु भएको छ।

खाँदबारी नगरपालिका ३ को महेन्द्र मावि मानेभञ्ज्याङ मतदान स्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय खाँदबारी ल्याएर बेलुका ८ बजेबाट मतगणना सुरु गरेको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले बताए।

वडा अध्यक्ष पदका लागि खाँदबारी नगरपालिका-३ मा ६९ प्रतिशत खसेको छ। १८ सय २२ मतदाता खाँदबारी-३ मा १२ सय ७१ मत खसेको छ।

खाँदबारी नगरपालिका ३ को अध्यक्ष पदका लागि दुई राजनीतिक दलले मात्र उम्मेदवारी दिएका थिए। वडाअध्यक्ष पदका लागि नेकपाका तर्फबाट भरतकुमार घिमिरे र कांग्रेस तर्फबाट विक्रम गुरुङलेबीच कडा प्रतिस्पर्धामा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *