प्रचण्डकै किल्लामा कांग्रेसको अर्काे जीत, कम्युनिस्टलाई ठूलो धक्का !

काठमाडौं – सरकारको नेतृत्वकर्ता पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा कांग्रेसले एकपछि अर्काे जीत हात पारिरहेको छ ।

चितवन जिल्लाको खैरहनी वडा नम्बर ५ को वडाध्यक्षमा कांग्रेस नेत्री प्रतिमा कार्की विजयी भएको केहीछिनमै कांग्रेसले खैरहनीको वडा नम्बर ४ मा समेत जीत हात पारेको छ ।

वडा नम्बर ४ को वडाध्यक्षमा देवबहादुर बस्नेत विजयी भएका छन् भने कम्युनिस्ट उम्मेदवार पराजित भएका छन् । चितवनका अन्य वडामा समेत कांग्रेसका उम्मेदवार अगाडि देखिएका छन् ।

प्रचण्डकी छोरी रेनु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकाका वडामा समेत कांग्रेस अगाडि देखिएको छ ।

कम्युनिस्ट मुख्यमन्त्री शंकर पोखरेलको गृहजिल्ला दाङमा समेत कांग्रेस उम्मेदवार विजयी भएका छन् । यसअघि कांग्रेसले बैतडी, बाजुरा, अर्घाखाँची जिल्लामा जितिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *