अर्घाखाँचीको मालारानीमा कांग्रेसले पल्टायो पासा, कम्युनिष्ट उम्मेदवार भारी मतले पराजित !

अर्घाखाँची– अर्घाखाँचीको मालारानी गाउँपालिका ३ मा नेपाली कांग्रेसका उम्मेदवार शोभाखर खनाल ११ सय ५९ मत प्राप्त गरेर विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपाका यमलाल खनालले भन्दा १०६ भोट बढी ल्याएर खनाल विजयी भएका हुन् । नेकपाका यमलालले १ हजार ५३ मत प्राप्त गर्नुभयो । कुल २२ सय २५ मत खसेकोमा ९ मत बदर भए । राप्रपाका रणबहादुर खनालले ४ भोट प्राप्त गर्नु भएको छ ।

विजयी शोभाखर खनाल गएको स्थानीय चुनावमा तत्कालीन एमालेका जीवन चौहानसँग ३६ मतले पराजित भएका थिए । वडाध्यक्ष चौहानको गत पुसमा दुर्घटनामा परि मृत्यु भएपछि पद खाली भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *