भक्तपुरमा कांग्रेसले लियाे २५०० मतको अग्रता, विजय जुलुसको तयारी

काठमाडौं– भक्तपुर प्रदेशसभामा नेपाली कांग्रेसले करिब २५ सय मतको अग्रता लिएको छ । बिहान ७ बजेसम्मको मतगणनामा कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले २ हजार ४७० मतको अग्रता बनाएका हुन् । भँडेलले ८ हजार १०१ मत प्राप्त गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवीप्रसाद ढकाल (डीपी)ले ५ हजार ६३१ मत ल्याएका छन् । यो परिणाम चाँगुनारायण नगरपालिका–१ देखि ५ वडासम्मको मत गनिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यसअघि यस प्रदेशसभाका नेकपाका हरिशरण लामिछाने निर्वाचित भएका थिए । उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का निरज लवजूले १ हजार ९५३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का श्यामप्रसाद नेपालले २६९, साझा पार्टीका सुरज प्रधानले २३६ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भिमबहादुर बिसीले जानकारी दिएका छन् ।

अब चाँगुनारायणको ७, ८, ९ वडा र भक्तपुर १० गन्न बाँकी रहेको छ । । ७, ८, ९ मा कांग्रेस नेकपाको प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । भक्तपुर १० मा नेमकिपाको वर्चस्व रहेको मानिन्छ । विशाल अग्रता हाँसिल गरेपछि कांग्रेस कार्यकर्ताले विजय जुलसको तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *