इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेल अन्तराष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं। काठमाण्डौमा रहेको राष्ट्रिय नाचघरमा ९ औं अन्र्तराष्ट्रिय लोक संस्कृति फिलिम महोत्सवले आयोजना गरेको कार्यक्रममा इन्द्रेणी समाजका अध्यक्ष एवं इन्द्रेणी कार्यक्रमका सञ्चालक रहेका कृष्ण कंडेलले लाईफ टाईम एचिवमेन्ट अवार्ड प्राप्त गर्न सफल भएका छन् ।

उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कंडेल, प्रमोद उपाध्याय लगायत अन्य धेरै बिशिष्ट व्यक्तित्वहरुको सहभागिता समेत रहेको थियो । पछिलो समय कार्यक्रम इन्द्रेणीले गरिब दु’खिको घा’उमा मलम लगाउने प्रयत्न गर्दै सहयोग को राम्रो काम गर्दै आएको छ ।

नेपालको लोक संस्कृतिको जगेर्ना गर्दै इन्द्रेणी कार्यक्रमले देश विदेशमा मनोरञ्जन, सन्देश, राष्ट्रिय एकता र समृद्विको लागि अहोरात्र निरन्तर खटिएर बिभिन्न स्थानमा दु’ख पी’डा र समस्यामा परेका मानिसहरुको लागि सेवाभावको कार्यले कैर्यौको जीन्दगीले पुर्नजीवन पाएकाले उहांलाई यो सम्मान प्रदान गरिएको नेपाली लोक बाजा संग्राहलयका अध्यक्ष राम प्रसाद कंडेलले बताउनु भयो । साथै यस्ता व्यक्तिको राष्ट्रले उच्च सम्मान गर्नु पर्ने कुरामा पनि उहाले सम्झाउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *