भक्तपुरमा कांग्रेसको भव्य विजयोत्सव ! यसरी फहरायो चारतारे झण्डा

काठमाडौं – नेपाली कांग्रेसले भक्तपुरमा कम्युनिस्टको लालकिल्ला भत्काएपछि भव्य विजयोत्सव भएको छ ।

शनिबार भएको उपनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ (क) बाट नेपाली कांग्रेसका उम्मेदवार प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।

कांग्रेस उम्मेदवार कृष्णलाल भडेल १३ हजार ७ सय ४८ मत सहित प्रदेशसभा सदस्यमा विजयी भए भने उनका निकटतम् प्रतिस्पर्धी सत्तारुढ नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत पाए ।

कम्युनिस्ट सांसद महेश बस्नेतको गृहजिल्लामा कांग्रेसको जीतलाई महत्वका साथ हेरिएको छ । उपनिर्वाचनमा नेमकिपाका निरज लवजुले ५ हजार ८ सय २९ मत पाएका छन् ।

उपनिर्वाचनका क्रममा जित्ने आँकलन गरिएको भक्तपुरलाई कांग्रेसले प्रचारप्रसारका क्रममा समेत महत्व दिएको थियो । प्रदेशसभा सदस्यमा भडेल विजयी भएपछि आईतबार नेपाली कांग्रेसले भव्य विजयोत्सव मनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *