धरानको मेयरमा पनि कांग्रेस अगाडि, यस्तो छ ताजा मतपरिणाम !

काठमाडौं – धरान उपमहानगरपालिकामा भएको उपनिर्वाचनको मतगणनाका क्रममा नेपाली कांग्रेस अगाडि देखिएको छ ।

धरानको वडा नम्बर १६ मा भएको मतगणनापछि कांग्रेस अगाडि आएको छ । १६ नम्बर वडाको मतगणना गर्दा नेपाली कांग्रेसलाई २ हजार ३ सय ४० मत आएका छन् भने नेकपाले १ हजार ८ सय ४९ मत पाएको छ ।

मेयर पदका लागि भएको निर्वाचनमा हालसम्म कांग्रेस उम्मेदवारले ६ हजार ८ सय ५७ मत पाएका छन् भने नेकपा उम्मेदवारले ६ हजार ४ सय २३ मत पाएका छन् । कांग्रेस उम्मेदवार ३ सय ३४ मतका साथ अगाडि छन् ।

धरान उपमहानगरका वडा नम्बर २०, १९, १८, १७ र १६ को मतगणना भएको छ । यसअघिको स्थानीय तह निर्वाचनमा पूर्व एमालेबाट निर्वाचित मेयरको निधन भएपछि उपनिर्वाचन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *