झिंगे दाउ’मा यस्ती देखिइन् आँचल (फोटोफिचर)

काठमाडौँ । चलचित्र ‘झिँगे दाउ’मा अभिनेत्री आँचल शर्माको नयाँ लुक सार्वजनिक भएको छ । आँचल शर्मा फरक गेटअपमा देखिएकी छिन् । ज्ञानेन्द्र देउजाको प्रस्तुति तथा निर्देशनमा तयार भइरहेको चलचित्र ‘झिँगे दाउ’को छायाङ्कन खोटाङको हलेसीमा सकिएको निर्माण पक्षले जानकारी दिएको छ । हलेसीमा छायाङ्कन सकेर यसको टिम भकुन्डे वेसीमा तयार भएको सेटमा काम गरिरहेको छ ।

सधैँ नै आधुनिक पहिरनमा चलचित्रमा देखिँदै आएकी शर्मा यस पटक भने गाउँकी युवतीको भूमिकामा छिन् । उनको सिउँदोमा सिन्दूर, घाँटीमा हरियो पोते, सातो रातो गुन्यू चोलीमा देखिएकी छन् । उनको हातमा हँसिया छ भने घाँसको डोको बोकेकी छिन् । आधुनिक युवतीको भूमिकामा देखिँदै आएकी आँचललाई यो फिल्ममा गाउँले युवतीको भूमिकामा देख्न सकिन्छ । फिल्ममा उनको जोडी मुकुन्द भुसालसँग बाँधिएको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनिरहेको फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्धाजले तयार पारेका हुन् । भकुन्डेबेसीमा छायाँकन भैरहेको फिल्मलाई विष्णु कल्पितले खिचिरहेका छन् । यो फिल्मलाई निर्देशक आफैले निर्माण गरेका हुन् । चलचित्रमा मुकुन भुसाल, केकी अधिकारी लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *