धरानमा पनि नेकपालाई खतरा, कांग्रेसका उम्मेदवार अघि बढे

काठमाडौं, १५ मंसिर । उपनिर्वाचन अन्तर्गत धरान उप महानगरपालिकाको प्रमुख पदको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई अगाडी बढेका छन् । उनले सुरुवाती अग्रता कायम राखेका छन् ।

बीस वटा वडा रहेको धरानमा वडा नम्बर १४ र १६ देखि वडा नम्बर २० सम्मको मतगणना सकिएको छ । अहिले सम्मको मतगणनामा कांग्रेस उम्मेदवार राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई उछिनेका छन् । उनले नेकपाका उम्मेदवारलाई ७४५ मतले पछि पारेका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले ७९१५ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार प्रकाश राईले ७१७० मत प्राप्त गरेका छन्। यसअघिको स्थानीय तहको निर्वाचनमा तत्कालिन एमालेले जितेका वडामा समेत कांग्रेसले अग्रता बनाएको छ। अहिले धरानको वडा नम्बर १५ को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ।

अनुदानको सोलारमा ठगिएको रकम फिर्ता

जुम्लाको गुठीचौर गाउँपालिका–५ का १८१ घर परिवारलाई दिइएको अनुदानको सोलारमा ठगिएका दलित र जनजातिले रकम फिर्ता पाएका छन् । ‘हाम्रो साझा बहुउद्देश्यीय सहकारी संस्था’, जुम्लाको पहलमा सो रकम फिर्ता हुने भएको संस्थाका अध्यक्ष मनसुर सुनारले बताए ।

सोलारमा ठगी गर्ने मीनवहादुर मल्लले सबै वडाबाट सङ्कलन गरेको रकम दिने बाचा गरेको जनाइएको छ । अध्यक्ष सुनारले दलित समुदायको हकहितका लागि काम गर्न गठन गरिएको सहकारी संस्थाको प्रयासमा रकम फिर्ता गर्ने कार्य सुरु गरिएको जानकारी दिए ।

दलित र जनजातिबाट मल्लले रु एक हजार ५०० प्रति सोलारबाट सङ्कलन गरिएको थियो । चन्दननाथ नगरपालिकामा मल्लले एक हजार सोलार वितरणबाट रु १५ लाख दलित र जनजातिबाट लिएको जनाएको छ । नगरपालिकाको न्यायिक समितिले पाँच पटकसम्म छलफल गर्दा रकम दिन नमानेपछि छैटौँ पटक बसेको न्यायिक समिति बैठकले मल्ललाई अदालत पठाउने निर्णय गरेको थियो ।

जुम्लामा दुई हजार २०१ वटा अनुदानका सोलार ल्याइएकामा दुई हजार २०१ सोलारमध्ये नगरपालिकामा एक हजार, गुठीचौर गाउँपालिकामा १५० र तातोपानी गाउँपालिकामा ४७० सोलार वितरण भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *