हुम्लाको खार्पुनाथ गाउँपालिकामा नेकपा विजयी

हुम्ला। हुम्लाको खार्पुनाथ गाउँपालिमा शनिबार भएको उपचुनावको मतगणना अन्तिम नतिजा सार्वजनिक भएको छ।

नतिजाअनुसार नेकपाकी रुपा शाहीले नेपाली कांग्रेसकी निकटतम प्रतिद्वन्द्वीभन्दन ६९ मत बढी ल्याएर विजय प्राप्त गर्नुभएकाे हाे । शाहीले १४ सय ५४ मत ल्याउँदा उहाँकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी तारा कुमारी शाहीले १३ सय ८५ मत प्राप्त गर्नुभएकाे थियाे ।

यसैगरी राप्रपा संयुक्तका दिपबहादुर शाहीले १० मत ल्याउनुभएकाे थियाे भने खसेकामध्ये २० मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

नेपाली कांग्रेसको गढ मानिएकाे खार्पुनाथमा कर्णाली प्रदेश विपक्षी दलका नेता जीवन बहादुर शाहीको गृह गाउँपालिका हो । २०७४ को स्थानीय निर्वाचनमा रुपा शाही ५९ मतले पराजित हुनुभएकाे थियाे । गएकाे असार ३ गते उपाध्यक्ष सिन्धु हमालको जीप दुर्घटनामा मृत्यु भएपछि त्याे ठाउँ रहेकाे थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *