बुद्ध नगरीमा पहिलो पटक विवाह पञ्चमी महोत्सव मनाइदै

कपिलवस्तु, १५ मंसिर । कपिलबस्तुमा आज विवाह पञ्चमी महोत्वस धुमधामका साथ मनाइदैछ ।

त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीराम र सीताबीच विवाह भएको दिनको सम्झनामा हरेक बर्ष जानकी मन्दिरमा विवाह पञ्चमी पर्व मनाउने गरिएता पनि यो वर्ष पहिलो पटक कपिलवस्तुमा पनि महोत्सब मनाइदैछ ।

सदरमुकाम तौलिहवास्थित बालमन्दिरवाट बाजागाजाका साथ राजा दशरथ, रामलक्षण र हनुमानको रथ तौलिहवा नगर परिक्रमा गरी पुनः बालमन्दिरमा प्रभु श्रीरामको विवाह उत्सव कार्यक्रमको आयोजना गरिएको छ ।

सोही स्थानमा वैदिक परम्परा अनुसार राम र सीताबीच वैवाहिक कार्यक्रम सम्पन्न हुने आयोजक दुर्गा पूजा समितिका अध्यक्ष बृजेश भटराले बताए ।

विवाह पञ्चमी महोत्सवमा सहभागी हुन जिल्लाका विभिन्न स्थान र भारतको विभिन्न स्थानबाट सयौं श्रद्धालु तौलिहवा पुगेका छन् । राष्ट्रिय हिन्दू परिषद् नेपाल र दुर्गा पूजा समिति कपिलवस्तुको संयुक्त आयोजनामा विवाह पञ्चमी महोत्सव सञ्चालन गरिएको हो ।

जिल्लामा पहिलो पटक विवाह महोत्सव मनाइएकाले सदरमुकाममा दर्शनार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । विभिन्न विद्यालयका बिद्यार्थीहरु, सुरक्षाकर्मीहरु लगाएतले समेत रथसहितको -यालीमा सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *