महन्थ ठाकुरको गृहपालिका नेकपा विजयी

महोत्तरी। राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरको गृहपालिका पिपरा गाउँपालिकाको अध्यक्ष पदमा नेकपाका उम्मेदवार विक्रम चौधरीले बाजी मारेका छन् । उनले निकतम प्रतिद्वन्द्वी समाजवादी पार्टीका रामजानकी यादवलाई २ सय ८ मतले पराजित गर्दै पराजित जित हात पारेका हुन् ।

चौधरीले ३ हजार २ सय ४९ मत ल्याउँदा यादवले ३ हजार ४१ मत ल्याए । राजपाकी रविता कुमारीले २ हजार ९ सय ८४ मत पाइन् ।

यसअघि राजपाका विनोदकुमार चौधरी निर्वाचित भएका थिए । उनको निधन भएपछि भएको उपनिर्वाचनमा राजपाले उनकै पत्नी रवितालाई उम्मेदवार बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *