कांग्रेसको किल्लामा नेकपाको अग्रता

पाँचथर। पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले लिएको अग्रता कायमै राखेको छ ।

निर्वाचन अधिकृत नवराज दुलालले लोकान्तरलाई दिएको जानकारी अनुसार साँझ पौने आठ बजेको ताजा स्थितिमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)नेकपाका उम्मेदवार वीरबहादुर कुरुम्बाङ ३ हजार ६८ मतका साथ अगाडि छन् ।

उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका बृजहाङ आङ्देम्बेले २ हजार ८ सय ६१ मतका साथ पछ्याइरहेका छन् । यसअघि कांग्रेसले जितेको फाल्गुनन्द गाउँपालिकामा अहिले नेकपाले अग्रता लिइरहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *