उपनिर्वाचन : विगतको जनमत सुरक्षित रहेको नेकपाको दाबी, कांग्रेस पनि उत्साहित

काठमाडौं । उपनिर्वाचनको परिणाम आएसँगै प्रमुख राजनीतिक दलहरुको आ–आफ्नै दाबी रहेको छ । सत्तारुढ नेकपाले विगतको जनमत सुरक्षित रहेको बताएको छ, भने कांग्रेस उत्साहित बनेको छ ।

राजनीतिक विश्लेषकले भने सत्तापक्ष र प्रतिपक्ष समदुरीमा रहेर आ–आफनो भूमिका निर्वाह गर्न जनादेश प्राप्त भएको बताउँछन् ।

शनिवार सम्पन्न उपनिर्वाचनमा सत्तापक्ष र प्रतिपक्षलाई आआफनो भूमिका अझ ससतm बनाउने गरी जनादेश प्राप्त भएको छ । सत्तारुढ दल नेकपाले जसरी पनि उपनिर्वाचन आफनो पक्षमा पार्न गरेको कसरत र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस जनताको विश्वास फर्काउने दाउमा थियो ।

तर, जनादेश भने सन्तुलित रुपमा आएको जानकारहरुको भनाइ छ । विश्लेषकहरुले सरकारले कमिकजोरी सच्याउनुपर्ने र प्रतिपक्षले रचनात्मक भूमिका निर्वाह गर्न सन्देश रहेको निष्कर्ष निकालेका छन् ।

तर, कतिपयले भने सरकारको काम कारवाही सन्तोषजनक नभएको मतपरिणामहरुले देखाएको बताउँछन् । सत्तापक्ष र प्रतिपक्ष दलबिच नारामा शाब्दिक भिन्नता नदेखिएको निवार्चनले लोकतन्त्रको संस्थागत र राजनीतिक स्थिरताको सुनिश्चितता गर्न थपबल पुगेको छ ।

सत्तारुढ दलका नेताहरुले उप–निर्वाचनले सरकारप्रति जनताको विश्वास कायमै रहेको सन्देश दिएको दाबी गरेका छन् ।

विभिन्न गुट तथा उपगुटमा बिभाजन भएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस भने उपनिर्वाचनको परिणामबाट उत्साहित देखिन्छ । उसले सत्तारुढ दल तथा सरकारले सरकारी साधन स्रोतको दुरुपयोग गरेपनि परिणाम आफ्नै पक्षमा आएको बताएको छ ।

जनमतले सत्तारुढ र प्रतिपक्ष दुबैलाई जिम्मेवार बनेर काम गर्न निर्देश गरेको छ । जनताको दैनिकीमा ध्यान पु¥याउन पनि उप–निर्वाचनले सन्देश दिएको विश्लेषण हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *