यस्तो छ धरानको पछिल्लो मतपरिणाम

धरान : धरान उपमानगरपालिकाको मेयरका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ । हालसम्मको परिणममा नेपली कांग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् । कांग्रेसका २१,३११ मत छ भने नेकपाका उम्मेदवारको २०,००८ मत रहेको छ । अहिलेसम्म ४४,८८९ मत गणना भएको छ। अब मत गणना बाकी वडा नम्बर १,२,३, ५ र 7 को मत गन्न बाँकी छ।

यो पनि पढ्नुहोस :हङकङ : हङकङको ‘प्रो डेमोक्रेटिक’ आन्दोलनका प्रदर्शनकारीले अमेरिकाको पक्षमा नारावाजी गरेका छन् । अमेरिकी राष्ट्रिय झण्डा बोक्दै केहीले ‘धन्यवाद ट्रम्प’ भन्दै नारा लगाए । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत साता मात्रै हङकङ आन्दोलनको विधेयकमा हस्ताक्षर गरेका थिए । ट्रम्पको सोही कदमप्रति आफूहरु कृतज्ञ रहेको भन्दै उनीहरुले अमेरिकाको पक्षमा नारा लगाएको बताएका छन् ।

प्रदर्शनको क्रममा लागेको नारामा भनिएको थियो, ‘धन्यवाद ट्रम्प, हङकङलाई तिमिले ठूलो उपहार दिएकोमा । र भगवानले अमेरिकालाई आर्शिवाद दिउन् ।’ डोनल्ड ट्रम्पको तस्बिर तथा अमेरिकी झण्डा बोकेका प्रदर्शनकारीहरुले अमेरिकाले आफूहरुलाई स्वतन्त्र बनाएको बताएका छन् । हङकङको पक्षमा अमेरिकाले दिएको अभिव्यक्ति र चालेको कदमप्रति बेइजिङले भने आपत्ति जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *