दाङ- ३ (ख) मा ५ हजार १०४ मत अन्तरले नेकपाकी विमला खत्री विजयी

दाङ । प्रदेशसभा सदस्यका लागि दाङ ३ (ख) मा भएको उपचुनावमा नेकपा विजयी भएको छ । नेकपाकी विमला कुमारी खत्री (वली )ले कांग्रेसका केशव आचार्यलाई फराकिलाे मनान्तरले पराजित गरी विजय हासिल गरेकी हुन् ।

नेकपाकी विमलाले २४ हजार २ ८६ मत ल्याएकी छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका केशव आचार्यले १९ हजार १८२ मत ल्याएका छन् । विमलाले ५ हजार १०४ मत अन्तरले विजय हात पारेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *