प्रिमियर लिग फुटबल : चेल्सीले एस्टन भिल्लालाई हरायो

काठमाडौं– टमी अब्राहमको आगमनमा चेल्सीले प्रिमियर लिग फुटबलमा एस्टन भिल्लालाई हराएको छ ।चोट मुक्त हुँदै मैदान फर्किएका अब्राहमले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गरेपछि चेल्सीले स्टामफोर्ड ब्रिजमा एस्टन भिल्लालाई २–१ गोल अन्तरले हराएको हो ।

चेल्सीका पुर्व कप्तान समेत रहेका जोन टेरी एस्टन भिल्लाको प्रशिक्षकको रुपमा स्टामफोर्ड ब्रिज आएका थिए । उनलाई चेल्सीका समर्थकले घरेलु मैदानमा राम्रो सत्कार दिए । ब्यानर सहित चेल्सी समर्थकले टेरीको योगदानको कदर गरेका थिए ।

टेरीले समेत क्लब र प्रशिक्षक समेत रहेका पुर्व सहकर्मी फ्रान्क लाम्पार्डको प्रशंसा गरेका थिए । खेलमा अग्रता चेल्सीले २४ औं मिनेटमा अब्राहमको गोलबाट लिएको थियो । २२ बर्षका ईङल्याण्डका फरवार्डले चोटका कारण वेस्ट ह्यामविरुद्वको अघिल्लो खेल गुमाएका थिए ।

ट्रजिगीले ४१ औ मिनेटमा पाहुना टोलीकालागि बराबरी गोल फर्काए । तर विलियमको क्रसमा अब्राहमले मिलाईदिएको पासमा मासन माउन्टले ४८ औ मिनेटमा चेल्सीका लागि विजयी गोल गरे गरेका थिए ।

लगातार एकपछि अर्को हारले दबाबमा आएको चेल्सीलाई पछिल्लो जितले राहत दिएको छ । चेल्सी २९ अंक सहित तालिकाको चौथो स्थानमा रहेको छ । उसले पाँचौ स्थानका उल्भ्ससंग ६ अंकको अग्रता बनाएको छ ।तालिकाको १५ औं स्थानमा रहेको एस्टन भिल्ला १५ अंक सहित रेलिगेशन जोन भन्दा मात्र एक अंकले माथि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *