यी हुन् नेपालकी प्रथम महिला प्रहरी चैतमाया डङ्‌गोलको, जस्लाई ध:म्काएर प्रहरी बनाइयो !

८७ वर्ष लागेकी काठमाण्डूकी चैतमाया डङ्‌गोलले सपनामा पनि सोचेकी थिइनन् उनले सुरक्षा निकायमा ३२ वर्ष बिताउछु भनेर। चावहिल गणेशस्थान नजिकै बस्ने व्यापारिक पृष्ठभूमिका कान्छा डङ्‌गोल र तरिमाया डङ्‌गोलकी जेठी छोरी चैतमायालाई प्रहरीमा जागिर लगाउनु परिवारको कुनै लालसा पनि थिएन। तर उनको चाहना विपरित वि.स. २००८ सालतिर उनले एकाएक नेपाल प्रहरीमा जागिर खाइन्। हाल उनी नेपालको प्रथम महिला प्रहरीका रूपमा परिचित छिन् र प्रहरी लगायतका विभिन्न संगठनले उनको सम्मान गर्दै आएका छन्। तत्कालीन प्रहरी प्रमुख नरशमशेर जबराका पालामा केही महिला नेत्रीहरूको सुझाव तथा साथीहरूको लहैलहैमा लागेर उनी अन्य २५ जना महिलासहित भद्रकाली पुगिन्।

उनले भनिन्, “हाम्रो टोलमा केही महिला आए। ‘सिंहदरबार जाऔँ’ भने। ‘खेल्ने, रमाइलो गर्ने, खाने, गफ गर्ने, पैसा पनि पाइन्छ’ भनेपछि म पनि दङ्ग भएँ र साथसाथै गएँ।” उनले भनिन्, “प्रहरीका हवल्दार, असईहरू आउँथे, खेलकुद, तालिम गराउँथे। तैपनि पछिसम्म उनीहरू प्रहरी नै हुन् भन्ने हामीलाई थाहा थिएन।” बिहान जाने, बेलुका घर फर्किने गर्दागर्दै चार महिना बितेको उनलाई थाहै भएन। तर एकदिन उनीहरूलाई सिंहदरबार लगिएपछि र त्यहाँ प्रहरीको बर्दी लगाएका एकजना मानिस आएर ‘अब तिमीहरूले प्रहरीमा जागिर खानुपर्छ’ भनेपछि उनीहरूको होस नै उड्यो।

“‘तिमीहरू अब जागिर खाएपछि पैसा पाउँछौ, प्रहरी बन्छौ’ भनेपछि हामीले ‘जागिर खादैनौँ’ भन्यौँ,” उनले हाँस्दै भनिन्। पछिमात्र थाहा भयो ती व्यक्ति तत्कालीन प्रहरी प्रमुख नरशमशेर जबरा रहेछन्। त्यतिबेला हालको जस्तो वि’द्रोह गर्ने अवस्था नभएको भन्दै उनले आफूहरूको अडान धेरैबेर टिक्नै नपाएको बताइन्। उनले भनिन्, “‘यहाँ आइसकेपछि जागिर खादैनौँ भनेर पाउँछौ?’ ‘कि जेल जान्छौ कि तालिम गरेको पैसा सबै तिर्नुपर्छ’ भनेर जबराका सहयोगीले ध:म्क्याए हामीलाई।”

“‘जेल जानुभन्दा त जागिर खानु जाती’ भनेर खाइयो। हामीलाई फकाएरै लगियो, झुक्याएरै लगियो प्रहरीमा,” उनले हाँसो थाम्न सकिनन्। प्रहरीमा जागिर त सुरु भयो तर आफ्ना श्रीमान् केदार श्रेष्ठ भने उनको जागिरबाट खुसी थिएनन्। बिस्तारै जागिरमा रमाउन थालेकी उनले श्रीमान्‌लाई समेत सम्झाउन सफल भइन् र उनीपनि अन्तत: राजी भए। तर पहिलोपटक महिला प्रहरी हुँदा भने उनले थुप्रै चुनौती सामना गर्नुपर्‍यो, संगठन भित्रै, बाटोघाटो र टोलसमाजमा। टोलछिमेकका आमाबुवाले समेत आफ्ना छोराछोरीलाई गा:ली गर्दा समेत ‘हेर न कस्तो पुलिस जस्तो’ भन्थे। उनले भनिन् “त्यस्तो जमानामा जागिर खाइयो। मैले झुक्किएर जागिर खाएपनि आवतजावत गर्दा कत्ति जिस्क्या ँथे मान्छेहरूले।” “जिस्क्याउने कतिलाई त कु:टियो पनि आफैँले। लखे:टेरै कु:ट्थेँ,” उनले खित्का छाडिन्।

उनले जागिर खाँदा २५ महिलाको दरबन्दीलाई महिनाको ३०/३० रुपैयाँ दिइने गरेको उनको भनाइ छ। ती मध्ये आधाजसोले जागिर छाडे र पुरूषले जस्तो गाह्रो काम भने लगाउने नगरिएको उनको भनाइ छ। २०३२ सालमा असई (सहायक प्रहरी निरीक्षक) पदमा बढुवा भएकी उनले २०३९ सालमा राजीनामा दिएकी हुन्। “त्यसबीचमा मैले धेरै महत्त्वपूर्ण जिम्मेवारी पनि प्राप्त गरेँ र सफलता पनि हात लाग्यो। तर सोचेजसरी बढुवा भने हुन पाइन,” उनको गुनासो छ। विगतको तुलनामा अपराध र अप:राधीको दायरा फराकिलो बन्दै गएकोले सुरक्षा चुनौती पनि बढेको उनको ठम्याइ छ।

तर त्यसो हुनुको दोष उनले समयसँगै परिवर्तित मानिसको सोचलाई दिन्छिन्। उनले भनिन्, “समय ठिक छैन। सबैलाई हरेक चीजको लोभ छ। लोभकै कारण अपराध बढेको छ।” आमाबुवाका सात सन्तानमध्ये सबैभन्दा जेठी उनको १०-१२ वर्षको उमेरमा विवाह भएको हो। नि:सन्तान उनी १० वर्षअघि श्रीमान् बितेपछि एक्ली जस्तै बनेकी छन्। जीवनमा पैसा र सम्मान कहिल्यै अभाव नभएको बताउने उनले हाल निवृत्तीभरण स्वरूप प्राप्त हुने १८,००० रुपैयाँले गुजारा चलाउँदै आएकी छन्।

( बिसिसी नेपालीमा कमल परियारले तयार परेको यो सामग्री हामीले साभार गरेका हौ )

Leave a Reply

Your email address will not be published. Required fields are marked *