नायिकाले गरिन् फेसबुकबाट विवाहको घोषणा

काठमाडौं, २० मंसिर । नायिका ऋचा शर्मा वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । उनले आफ्नो विवाहका बारेमा फेसबुकमार्फत जानकारी दिएकी हुन् । ऋचाले विवाहको कार्ड फेसवुकमा सार्वजनिक गरेर त्यसवारे जानकारी गराएकी हुन् । विवाहको कार्ड सार्वजनिक गर्दै ऋचाले मंसिर २१ गते दीपेक्षजंग राणासँग विवाह गर्न लागेको जानकारी दिएकी छिन् । ऋचाले आफूलाई माया दर्शाउने सबैलाई धन्यवाद दिएकी छिन् ।

‘तपाईले हामीलाई वर्षभरि दिनु भएको माया, शुभकामना र आशिषप्रति कृतज्ञ छौँ’, कार्डमा उल्लेख छ, ‘हामीले टेकेको नयाँ पाइलामा पनि यस्तै माया र आशीर्वादको आशा गदर्छौं ।’ दीपेक्ष ललितपुरको पुल्चोकस्थित लविम मलका व्यवस्थापक हुन् । उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा थिए । यसअघि ऋचाले साथीहरूसँग पोखरामा ब्याचलर पार्टीसमेत मनाएकी थिइन् । उनको ब्याचलर पार्टीमा केकी अधिकारी, प्रियंका कार्कीसहितका नायिकाहरुको उपस्थिति थियो ।

फिल्ममा अभिनय गरेकी ऋर्चा पछिल्लो समय विभिन्न रियालिटी शोहरुमा निर्णायकको भूमिकामा समेत देखिने गरेकी छिन् । गतवर्ष ऋर्चाले हरर फिल्म ‘सुनकेसरी’ निर्माण गरेकी थिइन् । उनलाई यो फिल्मले सोचे जति सन्तुष्टि दिएन । अब उनले हरर फिल्म खेल्ने इच्छा समेत नभएको बताएकी छिन् । फिल्म निर्माण तिर नदेखिएकी ऋर्चाले यही वर्ष ‘पाङग्रा एक्सपेस्र’ मार्फत व्यवसाय तिर हात हालिन् । अब भने उनी घरजम गर्ने मुडमा पुगेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *