‘जलपरी’ गौरीकाले स्वर्ण जित्दै हात पारिन अर्को ऐतिहासीक सफलता

काठमाडौं, २० मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शुक्रबार गौरिका सिंहले अर्को ऐतिहासिक स्वर्ण पदक हात पारेकी छन् । यस अघि नै एक ऐतिहासीक स्वर्ण हात पारेकी गौरिकाले शुक्रवार पनि त्यो शिलसिला जारी राखेकी छन् । सातदोबाटोस्थित पौडी पोखरीमा दुई सय मिटर ब्याक स्ट्रोकमा शुक्रबार गौरिकाले स्वर्ण जितेकी हुन्।

बिहीबार उनले एकल पौडी अन्तर्गत पहिलो स्वर्ण जित्दै ऐतिहासीक काम गरेकी थिइन्। सानै उमेरमा ओलम्पिकमा भाग लिएर नाम कमाएकी उनी जलपरी गौरिकाले सागमा पनि चर्चा बटुलेकी छन् । तीन वर्षअघि ब्राजिलको भएको रियो दि जेनेरियोमा विश्व खेलकुद ‘ओलम्पिक’ मा भाग लिँदा उनी १३ वर्षकी मात्र थिइन् । उनले त्यती बेला विश्वकै कान्छी खेलाडीका रुपमा चर्चा कमाएर नेपालकै नाम चर्चामा ल्याएकी थिइन् । अहिले सागमा पनि व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेर त्यो चर्चालाई कायम राखेकी छन् । उनलाई जलपरीका नाममा चर्चा गरिन्छ ।

गौरिकाले १३औं सागको बिहीबार भएको महिला दुई सय मिटर फ्रिस्टाइल स्पर्धामा स्वर्ण पदक जितेकी हुन्। भारत र श्रीलंकाको दवदवालाई चिर्दै उनी ब्यक्तिगत स्वर्ण जित्ने पहिलो नेपाली बनेकी हुन् । गौरिकाले निर्धारित दूरी दुई मिनेट ५।०६ सेकेन्डमा पूरा गर्दै ऐतिहासिक स्वर्ण हात पारेकी हुन्। उनले भारतीय खेलाडीलाई दुई सेकेन्डभन्दा पनि कम अन्तरले पछि पारेकी थिइन्।

तेह्रौँ साग स् ब्याडमिन्टनमा भारतलाई चार स्वर्ण पदक

तेह्रौँ दक्षिण एशियाली खेलकूद ९साग०अन्तर्गत पोखरामा आज सम्पन्न ब्याडमिन्टन खेलको स्पर्धामा भारतले सर्वाधिक चार स्वर्ण पदक जितेको छ । यही मङ्सिर १५ गतेदेखि पोखरा रङ्गशालास्थित ब्याडमिन्टन कोर्टमा शुरु भएको प्रतियोगिताको सम्पन्न फाइनल स्पर्धामा भारतले सर्वाधिक चार स्वर्णपदक जित्न सफल भएको हो । ब्याडमिन्टनको कूल पाँच स्वर्ण, पाँच रजत र पाँच काश्यका लागि भएको स्पर्धामा एक स्वर्ण पदक भने श्रीलङ्काले जितेको छ ।

भारतले महिला तथा पुरुष एकल, पुरुष डबल्स र मिक्स डबल्समा स्वर्ण पदक जितेको हो भने श्रीलङ्काले महिला व्यक्तिगत स्वर्ण पदक जित्न सफल भयो । भारतका लागि महिला एकलतर्फ अस्मिता चलिहाले स्वर्ण पदक जितिन् । उनले भारतकै गायत्री गोपीचन्दलाई २१–१८ र २५–२३ को सोझो सेटमा पाखा लगाउँदै स्वर्ण पदक जितेकी हुन् ।

पुरुष एकलतर्फ सिरिल बर्माले भारतकै आरेमान टण्डनलाई १७–२१, २३–२१ र २१–१३ को सेटमा पराजित गर्दै स्वर्ण पदक जिते । यस स्पर्धामा भारतले नै रजत पदक जितेको हो । पुरुष डबल्सतर्फ भारतका कृष्णप्रसाद गरगा र ध्रुव कपिलाको जोडीले श्रीलङ्का सचिन प्रमेशन र बुवानेका थरिन्डुको जोडीलाई २१–१९, १९–२१ र २१–१८ को सेटमा पराजित गर्दै स्वर्ण जिते । रजत पदक भने श्रीलङ्काले जितेको छ ।

मिक्स डबल्समा ध्रुव कपिला र मेघना जकम्पुदीको जोडीले श्रीलङ्काको सचिन प्रेमसन एगोडा मिगानाला र थिलिमि मरमोदीका हेन्देहेभाको जोडीलाई २१–१६ र २१–१४ को सोझो सेटमा पराजिद गर्दै स्वर्ण पदक जिते । रजत पदक श्रीलङ्काले जितेको छ । महिला डबल्समा श्रीलङ्काका थिलिनि प्रमोदिका हेन्देहेभा र कविन्डी श्रीमांगेको जोडीले श्रीलङ्काकै अचिनि निमेसीका रत्नासिरी कपुरु र उपुली समान्तिकाको जोडीलाई २१–१० र २१–७ को सोझो सेटमा पराजित गर्दै स्वर्ण जिते । रजत पदक पनि श्रीलङ्काले नै जितेको हो ।

आयोजक नेपाल भने ब्याडमिन्टनतर्फ पाँच काश्य पदकमा चित्त बुझाउन बाध्य बन्यो । पोखरामा सञ्चालन भएका सागका आठ खेलमध्ये ब्याडमिन्टनमा सातवटै राष्ट्रले भाग लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *