भक्तपुरमा आज आयोजित एक कार्यक्रममा भी-टेनले चर्चित गित ‘हामी यस्तै त होनी ब्रो’ गाउनै लाग्दा माथिबाट नगाउ भन्ने आदेश आयो भनेपछि स्टेजमै भयो हंगामा, सरकार प्रति यस्तो आक्रोश (पुरा भिडियो)

काठमाडौँ । युवा पुस्तामाझ लोकप्रिय एवम् चर्चित नाम हो गायक तथा र्यापर समीर घिसिङ भिटेन, २२ वर्षीय यी र्यापरका देश बिदेशमा आयोजित कन्सर्टहरुमा लाखौं दर्शक स्रोताको उपस्थिति हुने गर्दछ । भिटेनको चुरोट नै चुरोट, मान्छे खत्तम, हालखवर, सिमसिमे पानीमा, कथा जस्ता गीतहरु चर्चामा छन् । उनीसँग फोटो खिचाउने देखी उनलाई छुन खोज्ने उनका डाइहट फ्यानहरु उल्लेखीय मात्रामा रहेका छन् ।

उनले धेरै लगानी गरेर निर्माण गरेको गित ‘सिमसिमे पानीमा’ केहि घण्टामा नै आफ्नो युट्युब च्यानलबाट हटाउनु पर्यो । जुन गित सार्बजनिक भए लगत्तै युवाहरुमाझ लोकप्रिय बनिसकेको थियो । तर म्युजिक नेपालले कपीराइट लगाएर उक्त गित डाउन गरेको थियो । कपीराइटले उनको च्यानलबाट त उक्त गित हट्यो तर त्यतिन्जेल उनका फ्यानहरुले डाउनलोड गरिसकेका थिए । जुन अहिले युट्युब भारी छ्याप्छ्याप्ती हेर्न पाइन्छ ।

जसको बदलामा भी-टेनले अर्को गित ‘हामी यस्तै त होनी ब्रो’ सार्बजनिक गरेका थिए । तर उक्त गित पनि अहिले उनको आफ्नो युट्युब च्यानलबाट हटिसकेको छ ।

आज शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा भी-टेनले उक्त गित गाउन लाग्दा माथिको आदेश भन्दै गित नगाउ भनेपछि उनि आक्रोशित भएका छन । स्टेजमा गित गाउनै लाग्दा उनलाई नगाउ भन्ने आदेश आएपछि उनले अपशब्द बोल्दै स्टेज मै बिरोध गरे । त्यतिखेर उनका फ्यानहरुले भने ‘भी-टेन भी-टेन’ भन्दै उनको समर्थन गरिरहेका थिए । त्यसपछि उनि बिना कुनै पर्फमेन्स घर फर्किएका थिए ।

भिडियो हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *